क्लब विश्वकप फुटबलमा एक अर्ब डलरभन्दा बढीको पुरस्कार राशि

काठमाडौँ । विश्व फुटबल महासंघ (फिफा)ले क्लब विश्वकप फुटबल प्रतियोगितामा सहभागी हुने क्लबहरुलाई एक अर्ब अमेरिकी डलरभन्दा बढी पुरस्कार राशि दिने तयारी गरेको छ ।
चेल्सी, म्याचेस्टर सिटीजस्ता युरोपका प्रभावशाली क्लबहरुको उपस्थितिमा युरोपेली क्लब एसोसिएसन (ईसीए)ले फिफासँग यस विषयमा छलफल गरेको थियो । त्यसपछि फिफा र ईसीएबिच यस्तो सहमति भएको समाचारमा जनाइएको छ ।
क्लब विश्वकपको २१ औँ संस्करण सन् २०२५ मै अमेरिकामा आयोजना हुँदैछ । फिफासँगको नयाँ सम्झौतापछि क्लब फुटबलमा यो सबैभन्दा ठुलो पुरस्कार राशि हुने दाबी गरिएको छ । क्लब विश्वकपमा ३२ टोली सहभागी हुनेछन् ।
त्यसमध्ये १२ वटा क्लब युरोपका रहेका छन् । युरोपबाट चेल्सी, रियल म्याड्रिड म्यानचेस्टर सिटी र बायर्न म्युनिख आगामी क्लब विश्वकपमा सहभागी हुनेछन् ।
यसैगरी, युरोपबाटै पेरिस सेन्ट जर्मन (पीएसजी), इन्टर मिलान एफसी पोर्टो, बेनफिका, बोरुसिया डर्टमन्ड, युभेन्ट्स, एट्लेटिको म्याड्रिड र रेड बुल साल्जवर्गले पनि सहभागिता जनाउने छन् ।
क्लब विश्वकपको आगामी संस्करण जुन १४ तारिखमा सुरु हुनेछ भने जुलाई १३ तारिखमा सकिने छ । क्लब विश्वकपमा सहभागी क्लबहरुले सहभागितादेखि विभिन्न चरण प्रवेशमा समेत रकम पाउने छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एमाले मोरङ मतगणना : अध्यक्ष ओलीको समर्थन पाएको प्यानल पछाडि
-
८ हजार १५५ जना सहकारी पीडितको १ अर्ब ६७ करोड ६७ लाख २० हजार ५८ रुपैयाँ बचत फिर्ता
-
राष्ट्रियसभाबाट पनि पाँचवटै अध्यादेश स्वीकृत
-
१८ दिनसम्म सर्किट लागेपछि यो कम्पनीका लगानीकर्ताले कमाए झन्डै १६ हजार
-
स्थानीय तहका करार कर्मचारीलाई स्थायी बनाउने विधेयकविरुद्ध विरोध
-
काठमाडौँ विश्वविद्यालयको उपकुलपति नियुक्तिमा ढिलाइ गरिएकोप्रति नेविसंघको आपत्ति