शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

नेपाल यमनसँग अंक बाँड्न बाध्य

मङ्गलबार, ३० जेठ २०७४, १७ : १३
मङ्गलबार, ३० जेठ २०७४

काठमाडौँ – संयुक्त अरब इमिरेट्स युएईमा सन् २०१९ मा हुने एएफसी एसियन कप छनोट प्रतियोगिताअन्तर्गतको नेपाल र यमनबीचको छनोट चरणको खेल गोलरहित बराबरीमा सकिएको छ ।

समूह एफको खेलको निर्धारित समयमा दुवै टोलीले गोल गर्न नसकेपछि दुवै टोलीले अंक बाँड्न बाध्य बनेका हुन् ।

सशस्त्र प्रहरी बल हलचोकको खेल मैदानमा भएको खेलमा दुवै टोलीले थुप्रै गोल गर्ने अवसर सृजना गरे पनि त्यसलाई गोलमा परिणत गर्न सकेनन् ।

दुई खेलपछि नेपालको १ अंक रहेको छ र समूहको तेस्रो स्थानमा रहेको छ । यमनको भने ४ अंकसहित समूहको शीर्ष स्थानमा रहेको छ ।

नेपाल पहिलो खेलमा दोस्रो स्थानमा रहेको फिलिपिन्ससँग ४–१ गोल अन्तरले पराजित भएको थियो । 

समूहको अर्को टोली तजाकिस्तानले एक खेलपछि कुनै पनि अंक जोड्न सकेको छैन ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप