रुपन्देहीको तिलोत्तमामा सडक दुर्घटना, विद्यार्थीको मृत्यु
बिहीबार, २२ फागुन २०८१, १२ : ४४

बुटवल । रुपन्देहीको तिलोत्तमा नगरपालिकामा सडक दुर्घटनामा एक जना विद्यार्थीको मृत्यु भएको छ । नयाँमिलस्थित जनसेवा चोकमा कार र मोटरसाइकल ठोक्किँदा गुल्मीको रुरु गाउँपालिका–३ घर भई हाल बुटवल–३, ट्राफिक चोक बस्दै आएका १९ वर्षीय रोशन परियारको निधन भएको हो ।
परियार तिलोत्तमा ५ स्थित शान्ति नमुना मावि कक्षा १२ मा अध्ययनरत थिए । दुर्घटनामा परि गम्भीर घाइते भएका परियारको उपचारका क्रममा निधन भएको जिल्ला प्रहरी कार्यालयका डिएसपी सुरज कार्कीले बताए ।
प्रहरी अनुसार बुटवलबाट जाँदै गरेको लु ५६ प १९६१ नम्बरको मोटरसाइकल र मुख्य हाइवेको पश्चिम लेनबाट पूर्वतर्फ बाटो काट्दै गरेको बा २० च १७५४ नम्बरको कार नयाँमिलस्थित जनसेवा क्लब अगाडी एक आपसमा ठोक्किएको हो ।
दुर्घटनापछि कार र चालकलाई नियन्त्रणमा लिएर छानबिन अगाडी बढाइएको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रभसिमरन र प्रियांशको विस्फोट ब्याटिङ, म्याक्सवेल फेरि फ्लप
-
इरानको बन्दरगाहमा विस्फोट : मृत्यु हुनेको संख्या ४ पुग्यो, ५०० जनाभन्दा बढी घाइते
-
कांग्रेस सांसद माया राई पक्राउ
-
डा.भट्टराई र भारतीय वरिष्ठ नेता डा.जोशीबिच भेटवार्ता
-
पाकिस्तानी कलाकारहरूसँग काम गरे देशद्रोहको मुद्दा !
-
इरान–अमेरिका वार्ता नयाँ चरणमा : विशेषज्ञहरु मार्फत समाधानको खोजी