आईपीएलमा बीसीसीआईको नयाँ नियम

काठमाडौँ । चर्चित फ्रेन्चाइज क्रिकेट प्रतियोगिता इन्डियन प्रिमियर लिग (आईपीएल) को आगामी सिजन मार्च २२ तारिखदेखि सुरु हुँदैछ । आईपीएलको खेल तालिका पनि सार्वजनिक भइसकेको छ ।
यसपटक आईपीएलका लागि भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) ले केही नयाँ नियम जारी गरेको छ । यी नियम खेलाडीको पारिवारका सदस्यदेखि लिएर अभ्यास सत्रसम्म जोडिएका छन् ।
यी नियमको विषयमा बीसीसीआईले आईपीएलमा सहभागी क्लबहरुलाई समेत जानकारी गराइसकेको समाचारमा जनाइएको छ । नयाँ नियमअनुसार आगामी आईपीएलमा खेलाडीहरुले अभ्यास सत्रमा पनि परिवारका सदस्यलाई लैजान पाउने छैनन् ।
आईपीएलका क्रममा खेलाडीले परिवारको सदस्य र सहयोगीहरुलाई ड्रेसिङ रुपमा लैजान पाउने छैनन् । अनुमति नलिई खेलाडीले आफ्ना सहयोगीलाई अभ्यास सत्रमा समेत लैजान पाउने छैनन् । परिवारका सदस्य र सहयोगीले छुट्टै वहानमार्फत गएर टाढैबाट अभ्यास सत्रको अवलोकन गर्न भने पाउने छन् ।
आगामी आईपीएलमा अभ्यास सत्रका लागि सहभागी टोलीलाई छुट्टाछुट्टै मैदान उपलब्ध गराइने छ । खेल हुने दिन कुनै पनि टोलीले अभ्यास गर्न पाउने छैनन् । खेल हुने दिन खेलाडीको फिटनेश परीक्षण गर्न पनि पाइने छैन ।यसैगरी, खेलका क्रममा कुनै पनि ब्याट्सम्यानले एलईडी बोर्डलाई लक्ष्य बनाएर छक्का प्रहार गर्न पाउने छैन ।
यदि कुनै ब्याट्सम्यानले यो नियमको उल्लंघन गरे पहिलो पटक चेतावनी दिइने छ । फेरि पनि सोही गल्ति दोहो¥याए सम्बन्धित खेलाडी र टोलीले सजायको भागिदार बन्नु पर्नेछ । यसअघि, बीसीसीआईले राष्ट्रिय क्रिकेट टोलीका खेलाडीका लागि पनि यस्तै कडा नियम लागू गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सर्वदलीय सहमतिमा संसदको विशेष अधिवेशन आह्वान गर्न मोर्चाको माग
-
देशविदेशका २८ जनालाई नइ पुरस्कार प्रदान
-
कांग्रेसका ७ भ्रातृ संस्थाले लत्त्याए पार्टीको निर्देशन
-
उद्योगीहरूसँग विद्युत महसुल विवादबारे हितेन्द्रले गरे छलफल
-
म्यानमारमा स्वास्थ्य सेवा प्रदान गरी फर्कियो नेपाली सेनाको चिकित्सकीय टोली, कतिको भयो उपचार ?
-
प्राधिकरणको बोर्ड बैठक : विद्युत दुर्घटनाका पीडितलाई १० लाखसम्म राहत दिने निर्णय