कन्नड अभिनेत्री रान्या रावको फ्ल्याटमा भेटियो २ करोडको सुन

नयाँ दिल्ली । कन्नड अभिनेत्री रान्या रावलाई मार्च ३ मा बेंगलुरु अन्तर्राष्ट्रिय विमानस्थलबाट १४ दशमलव २ किलो सुनको साथमा पक्राउ गरिएको थियो । उनीविरुद्ध सुन तस्करीको मुद्दा दर्ता भएको छ । प्रहरीले बुधबार लाभेल रोडमा रहेको रान्याको विलासी अपार्टमेन्टमा छापा मारेको थियो । उक्त फ्ल्याटबाट २ करोड १० लाख भारु मूल्य बराबरको सुनको गर–गहना र २ करोड ७० लाख भारु नगद बरामद गरिएको छ ।
रान्या कर्नाटक प्रहरी आवास निगमका डीजीपी रामचन्द्र रावकी सौतेनी छोरी हुन् । मार्च ३ को राति दुबईबाट बेंगलुरु फर्कने क्रममा उनलाई केम्पेगौडा विमानस्थलबाट राजस्व गुप्तचर निर्देशनालय (डीआरआई)ले १४ दशमलव २ किलो सुनसहित पक्राउ गरेको थियो । रान्याले गोल्ड बार आफ्नो पेटीमा लुकाएर ल्याएकी थिइन् ।
रान्यासँग आफ्नो कुनै सम्बन्ध नभएको डीजीपी रामचन्द्र रावले भनेका थिए । ‘मेरो करियरमा कुनै कालो धब्बा छैन । अन्य पिताजस्तै जब मैले मिडिया मार्फत यो कुरा थाहा पाएँ, म छक्क परेँ । मलाई यीमध्ये कुनै पनि कुराको कुनै जानकारी थिएन । म यो भन्दा बढी केही भन्न चाहन्न। रान्या अब हामीसँग बस्दिनन् । उनी आफ्नो श्रीमानसँग छुट्टै बस्दै आएकी थिइन् ।’ रावले भने ।
१४ दिनको न्यायिक हिरासतमा छिन् अभिनेत्री
पक्राउ परेपछि रान्या रावलाई अदालतमा पेश गरिएको थियो । उनलाई ४ दिनको न्यायिक हिरासतमा राखिएको छ । रान्याले कन्नड फिल्म माणिक्य र पत्कीमा काम गरिसकेकी छिन् । रान्याले आफ्नो शरीर, तिघ्रा र कम्मरमा टेप लगाएर सुन लुकाएर ल्याएकी थिइन् । आफ्नो लुगामा सुन लुकाउन, उनले मोडिफाइड ज्याकेट र नाडी बेल्ट प्रयोग गरेकी थिइन् । रान्याले प्रति किलो सुन ल्याउन १ लाख रुपैयाँ पाउने स्रोतको दाबी छ ।
डीआरआईका अधिकारीहरूका अनुसार रान्या राव दुबईबाट एमिरेट्सको फ्लाइटबाट भारत फर्किएकी थिइन् । पछिल्लो १५ दिनमा उनी चार पटक दुबई गएकी थिइन् । त्यसैले सुरक्षा एजेन्सीहरूले पहिले नै उनको गतिविधिमाथि नजर राखेका थिए । डीआरआईको दिल्ली टोलीलाई सुन तस्करीमा रान्याको संलग्नता पहिले नै थाहा थियो । त्यसैले, मार्च ३ मा, अधिकारीहरू उनको फ्लाइट अवतरण हुनुभन्दा दुई घण्टा अघि विमानस्थल पुगे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ब्राइडन कार्स घाइते भएपछि वियान मुल्डर सनराइडर्स हैदरावादको टोलीमा
-
सामन्ती प्रेतहरूले टाउको उठाउन खोजे जनताको बलबाट समाप्त हुनेछन् : प्रचण्ड
-
स्थानीयको अवरोधले रोकियो निर्माणाधीन मध्यपहाडी सडक
-
नेतन्याहुलाई युद्धविराम सम्झौताबाट पछि हटाउन ट्रम्पले धम्की दिएको हमासको दाबी
-
प्रतिनिधिसभामा निकासी पैठारी नियमन विधेयक पेस
-
एमाले मोरङको मतगणना जारी