४ दिनपछि पूर्वयुवराज पारस साह डिस्चार्ज

काठमाडौँ । अस्पताल भर्ना भएको ४ दिनपछि पूर्वयुवराज पारस शाह डिस्चार्ज भएका छन् । हृदयघात भएपछि उनी आइतबार राजधानीको थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना भएका थिए ।
उनको स्वास्थ्य सामान्य बनेसँगै बिहीबार बिहान डिस्चार्ज गरिएको नर्भिक अस्पतालका प्रवक्ता अजय मिश्राले जानकारी दिए ।
निवासमै हृदयघात भएपछि आइतबार साँझ उनलाई परिवारले नर्भिक लगेका थिए । सोही राति नै मुटुमा स्टेन राखिएको र केही दिन उनलाई चिकित्सकको विशेष निगरानीमा राखेर उपचार गरिएको थियो ।
‘अहिले उहाँको अवस्था सामान्य बनेसँगै डिस्चार्ज गरिएको छ’, मिश्राले भने । पारसको डाक्टर यादव भट्ट नेतृत्वको टोलीले उपचार गरेको थियो।
पारस शाहलाई हृदयाघात भएको यो चौथो पटक हो । यसअघि उनलाई २०७५ माघ महिनामा हृदयाघात भएको थियो । त्यतिबेला पनि उनको नर्भिकमै उपचार भएको थियो । त्यसअघि पनि थाइल्यान्डमा रहँदा र अर्को एक पटक पनि हृदयाघात भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१८ दिनसम्म सर्किट लागेपछि यो कम्पनीका लगानीकर्ताले कमाए झन्डै १६ हजार
-
स्थानीय तहका करार कर्मचारीलाई स्थायी बनाउने विधेयकविरुद्ध विरोध
-
काठमाडौँ विश्वविद्यालयको उपकुलपति नियुक्तिमा ढिलाइ गरिएकोप्रति नेविसंघको आपत्ति
-
कैलालीमा एक जना मृत भेटिए
-
मारवाडी सेवा समितिले गौशाला धर्मशाला सञ्चालन गर्न पाउने बाटो खुल्यो
-
रुस–युक्रेनको डर देखाउँदै क्लस्टर बम प्रतिबन्धको सन्धिबाट पछि हट्यो लिथुआनिया