ट्रम्पले क्यानडाका प्रधानमन्त्री ट्रुडोलाई भने गभर्नर

वासिङटन डीसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले अतिरिक्त भन्सार महसुलबारे फोनमा एकअर्कासँग कुराकानी गरेका छन् । आफ्नो सामाजिक प्लेटफर्म टुथ सोसलबाट एक पोस्टमा जानकारी दिँदै ट्रम्पले ट्रुडोलाई क्यानडाको गभर्नर भनेका छन् ।
‘मैले क्यानाडाका गभर्नर जस्टिन ट्रुडोलाई भनेको थिएँ कि कमजोर सीमा नीतिका कारण हामीले सामना गरिरहेका समस्याहरूमा उनले ठूलो मात्रामा योगदान पुर्याएका छन् । यी नीतिहरू धेरै मानिसहरूको मृत्युको लागि जिम्मेवार छन्’ पोष्टमा ट्रम्पले भनेका छन् ।
‘जस्टिन ट्रुडोले मलाई अतिरिक्त भन्सार महसुलबारे के गर्न सकिएला भनेर सोध्न फोन गरेका थिए,’ अझ अगाडि उनले लेखेका छन् । ‘मैले उनलाई भनेको थिएँ कि क्यानडा र मेक्सिकोबाट सीमा पार गर्दै आएको फेन्टानिल (एक खालको लागू औषध) बाट धेरै मानिसहरूको मृत्यु भएको छ र अरु केहीबाट पनि यो आउन बन्द भइसकेको छ भनेर आफूले फेला पार्न सकेको छैन,’ ट्रम्पले भनेका छन् । ट्रुडोले अवस्था अहिले राम्रो भएको भने पनि त्यो पर्याप्त छैन भनेर आफूले उनलाई भनेको पनि उनले बताए । ट्रुडोसँगको कुराकानी केही हदसम्म मैत्रीपूर्ण तरिकाले समाप्त ट्रम्पको भनाइ थियो ।
ट्रुडोले आफूलाई क्यानडामा चुनाव कहिले हुँदैछ भनेर आफूलाई भन्न नसकेको र यसले गर्दा आफ्नो जिज्ञासा बढेको उनले भने । टुड्रोले सत्तामा रहिरहन यो मुद्दालाई प्रयोग गर्न खोजिरहेको आफूले महसुस गरेको उनले बताए । डोनाल्ड ट्रम्पले क्यानडा र मेक्सिकोबाट अमेरिका आउने उत्पादनहरूमा २५ प्रतिशत कर लगाएका छन् ।
यसपछि क्यानडाले पनि जस्तालाई त्यस्तै व्यवहार गर्दै अतिरिक्त भन्सार महसुल लगाउने घोषणा गरेका छन् । ट्रम्पले बारम्बार क्यानडालाई अमेरिकाको ५१ औं राज्य बनाउन बताइरहँदा दुई देशबिच तनाव सृजना भइरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सामन्ती प्रेतहरूले टाउको उठाउन खोजे जनताको बलबाट समाप्त हुनेछन् : प्रचण्ड
-
स्थानीयको अवरोधले रोकियो निर्माणाधीन मध्यपहाडी सडक
-
नेतन्याहुलाई युद्धविराम सम्झौताबाट पछि हटाउन ट्रम्पले धम्की दिएको हमासको दाबी
-
प्रतिनिधिसभामा निकासी पैठारी नियमन विधेयक पेस
-
एमाले मोरङको मतगणना जारी
-
अध्यादेशले संवैधानिक व्यवस्थाको उल्लंघन गरेको छैन : अर्थमन्त्री