मेयर बालेनको घर पुगे माओवादी अध्यक्ष प्रचण्ड
बिहीबार, २२ फागुन २०८१, ११ : २१

महोत्तरी । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहको महोत्तरीस्थित पुर्ख्यौली घर पुगेका छन् ।
जनतासँग माओवादी तराई–मधेस जागरण अभियानका क्रममा पूर्वप्रधानमन्त्री समेत रहेका प्रचण्डसहितका नेताहरू बिहीबार मेयर बालेनको घर पुगेका हुन् । बालेनको घरमा पालिका कार्यालय रहेको छ ।
सोही कार्यालयमा माओवादीले कार्यक्रम समेत राखेपछि प्रचण्डसहितका नेताहरू त्यहाँ पुगेका हुन् । उनीहरू पुग्दा मटिहानी नगरपालिकाले माओवादी नेताहरूलाई स्वागत गरेका थिए ।
त्यसक्रममा क्रममा अध्यक्ष प्रचण्डले लक्ष्मीनारायण मन्दिर अवलोकन गर्नुका साथै आरतीमा समेत सहभागी भएको प्रचण्डको सचिवालयले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्थानीयको अवरोधले रोकियो निर्माणाधीन मध्यपहाडी सडक
-
नेतन्याहुलाई युद्धविराम सम्झौताबाट पछि हटाउन ट्रम्पले धम्की दिएको हमासको दाबी
-
प्रतिनिधिसभामा निकासी पैठारी नियमन विधेयक पेस
-
एमाले मोरङको मतगणना जारी
-
अध्यादेशले संवैधानिक व्यवस्थाको उल्लंघन गरेको छैन : अर्थमन्त्री
-
निजीकरण अध्यादेश राष्ट्रिय सभाबाट स्वीकृत