समाचार
६ जिल्लाका सीडीओ परिवर्तन, को कहाँ पुगे ?
बिहीबार, २२ फागुन २०८१, १४ : ५९

काठमाडौँ । गृह मन्त्रालयले ६ जिल्लाका प्रमुख जिल्ला अधिकारी परिवर्तन गरेको छ । गृह मन्त्रालयले गृहमन्त्री रमेश लेखकस्तरीय निर्णयबाट ६ प्रमुख जिल्ला अधिकारीहरूको परिवर्तन गरेको हो ।
आजको मन्त्री स्तरीय निर्णयबाट बाँके, रौतहट, सङ्खुवासभा, खोटाङ, ओखलढुङ्गा, नुवाकोटका प्रमुख जिल्ला अधिकारी परिवर्तन गरिएको हो । बाँकेमा धर्मराज जोशी, रौतहटमा विनोद कुमार खड्का, सङ्खुवासभामा दिव्य राज पोखरेल, खोटाङमा नरहरि घिमिरे, ओखलढुङ्गामा विजयराज सुवेदी र नुवाकोटमा शशीधर घिमिरेलाई नयाँ प्रमुख जिल्ला अधिकारी बनाएर पठाइएको छ । नुवाकोटका प्रमुख जिल्ला अधिकारी रहेका रामकृष्ण अधिकारीलाई गृह मन्त्रालयमा तानिएको रातोपाटीलाई प्राप्त सरुवा सूचीमा उल्लेख छ ।
खड्का यसअघि सङ्खुवासभाको प्रमुखमा जिल्ला अधिकारी थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कक्षा १२ को परीक्षा नरोक्ने बोर्डको निर्णय
-
जुनियर स्कुल प्रिन्सेस २०२५ को उपाधि शिवंशी र प्राशियालाई
-
ड्राइभरको असफलताको भारी खलासीलाई बोकाउन खोजियो : पूर्व शिक्षामन्त्री खनाल
-
वीरगन्ज भन्सारमा तालिमप्राप्त कुकुर परिचालन, एकवर्षमा ४२ करोड मूल्य बराबरको सामान बरामद
-
कञ्चनपुरको बेलौरीमा जलेको अवस्थामा शव फेला
-
संक्रमणकालीन न्याय : दुई आयोगमा क-कसको पर्यो आवेदन ? (सूचीसहित)