मधेस प्रदेशमा नेसपा (नयाँ शक्ति) ले तोक्यो उत्प्रेरक

काठमाडौँ । नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) को बुधबार बसेको केन्द्रीय सदस्यहरूको बैठकले विभिन्न जिल्लाका लागि उत्प्रेरक तोकेको छ। केन्द्रीय उपाध्यक्ष तथा मधेस प्रदेशका उत्प्रेरक उमेश साहको अध्यक्षता र अर्का केन्द्रीय उपाध्यक्ष एवं मधेस प्रदेशका पूर्व उत्प्रेरक ईश्वर रिजालको उपस्थितिमा बैठक बसेको थियो ।
बैठकको निर्णयअनुसार पर्सामा अमृता कुमारी देवी, बारामा मदन कुमार यादव, रौतहटमा इजेहार आलम, सर्लाही र महोत्तरीमा राजेश सिंह, धनुषामा दीपक महतो, सिराहामा तारा भण्डारी र सप्तरीमा समिना खातुनलाई उत्प्रेरकको जिम्मेवारी दिइएको छ।
त्यस्तै, पार्टी उपाध्यक्ष एवं मधेस प्रदेशका उत्प्रेरक तथा केन्द्रीय सदस्यहरूको अर्को बैठक यही चैत ९ गते शनिबार पुनः बस्ने निर्णय भएको छ।
बैठकअघि पार्टीका धनुषा संयोजक भोगेन्द्र रायले नव-निर्वाचित केन्द्रीय उपाध्यक्ष उमेश साह र ईश्वर रिजालसहित मधेस प्रदेशबाट निर्वाचित केन्द्रीय सदस्यहरूलाई स्वागत तथा सम्मान गरेका थिए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बनेन शिक्षक फर्किने वातावरण, शिक्षा मन्त्रालयले सर्वोच्चलाई पठायो जवाफ
-
गगनविरूद्ध प्रधानमन्त्रीको अभिव्यक्ति र अवहेलना मुद्दा संयोग कि रणनीति ?
-
इरानको बन्दरगाहमा भएको विस्फोटमा मृत्यु हुनेको सङ्ख्या ४६ पुग्यो
-
कानुन नहुँदा मनोरञ्जनात्मक क्षेत्रका महिला श्रमिकलाई समस्या
-
राज्यले शिक्षकहरूमाथि गरेको बर्बरता काँग्रेसले सहन सक्दैन : डा.शेखर कोइराला
-
त्रिभुवन विश्वविद्यालयले ‘अङ्ग्रेजी भाषा शिक्षण र प्रायोगिक भाषा विज्ञान’ सम्मेलन गर्दै