बानेश्वरबाट पक्राउ परेका १२ जना स्वर्गद्वारी पीडितविरुद्ध मुद्दा चलेन
_jpcdihj6rb_RsIW8fJerC.jpg)
काठमाडौँ । काठमाडौँको नयाँ बानेश्वरमा डीएसपीलाई आक्रमण गरेको आरोपमा पक्राउ परेका १२ जना विरुद्ध मुद्दा नचल्ने निर्णय भएको छ । फागुन १८ मा बेकरी क्याफे अगाडी झडप हुँदा ‘स्वर्गद्वारी गुठी पीडित मोही किसान संर्घष समिति’का प्रदर्शनकारीले डीएसपी गंगा पौडेललाई आक्रमण गरेका हुन् । आक्रमणबाट प्रहरी वृत्त सिंहदरबारका डीएसपी पौडेल घाइते भएका थिए ।
आक्रमणमा संलग्नहरूलाई मुद्दा नचलाउने निर्णय गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी अपिल बोहराले जानकारी दिए । उनले भने, ‘योजनाबद्ध आक्रमण गरेको देखिएन, त्यसैले मुद्दा नचलाउने निर्णय गरेका छौँ ।'
पक्राउ परेका ५ महिला र ७ पुरुषले डीएसपी घाइते भएकोमा क्षमा मागेका छन् । प्रहरीले उनीहरूलाई फागुन १९ मा नै रिहा गरेको थियो । प्रदर्शनकारीहरूले आफ्नो माग पुरा गर्न आयोजित कार्यक्रममा डीएसपी घाइते हुनेगरी ‘नसोचेको घटना’ भएको भन्दै क्षमायाचना गरेका हुन् ।
प्युठानको स्वर्गाद्वारी गुठीको नाममा दाङमा जग्गा छ । सो जग्गामा आफुहरुले खेतीपाती गरिरहेको हुनाले आफूहरूलाई मोहियानी हक दिनुपर्ने किशानहरुले माग राखेका छन् । उनीहरूले केही समयदेखि काठमाडौँमा प्रदर्शन गरिरहेका छन् ।
याे पनि
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्थानीयको अवरोधले रोकियो निर्माणाधीन मध्यपहाडी सडक
-
नेतन्याहुलाई युद्धविराम सम्झौताबाट पछि हटाउन ट्रम्पले धम्की दिएको हमासको दाबी
-
प्रतिनिधिसभामा निकासी पैठारी नियमन विधेयक पेस
-
एमाले मोरङको मतगणना जारी
-
अध्यादेशले संवैधानिक व्यवस्थाको उल्लंघन गरेको छैन : अर्थमन्त्री
-
निजीकरण अध्यादेश राष्ट्रिय सभाबाट स्वीकृत