इन्द्रसरोवर घटना : छोराको हत्या आरोपमा भ्लोन दम्पती प्रहरी हिरासतमा

मकवानपुर । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका वडा नम्बर ३ सिस्नेरीस्थित अदुवाबारीमा चोरको शंकामा प्रतिकार गर्दा मृत्यु भएको विषयमा मृतक भरतकुमार भ्लोनका बाबुआमालाई मकवानपुर प्रहरीले नियन्त्रणमा लिएको छ । घटनामा आफ्नै बाबुआमाको कुटपिटबाट घाइते भएका भरतको उपचारको क्रममा चितवनस्थित भरतपुर अस्पतालमा गत शनिबार मृत्यु भएको थियो ।
मकवानपुर प्रहरीले उक्त घटनको अनुसन्धानका लागि भरतका बुबा ६४ वर्षीय मीनबहादुर भ्लोन र उनकी पत्नी ६३ वर्षीया देवीमाया भ्लोनलाई नियन्त्रणमा लिएको जनाएको छ । यसअघि घटनमा घाइते भएका भ्लोन दम्पतिको प्रहरीको निगरानीमा भक्तपुरस्थित इवा मुरा अस्पतालमा उपचार भएको थियो । उपचारपछि उनीहरुलाई प्रहरीले बुधबार जिल्ला प्रहरी कार्यालय मकवानपुर ल्याएको प्रहरी प्रवक्ता डिएसपी श्यामु आर्यलले जानकारी दिए ।
‘घटनाको विषयमा अनुसन्धान गर्न उनीहरूलाई नियन्त्रणमा लिएका छौं ।’ प्रवक्ता अर्यालले भने, ‘हिरासतमा राखेर घटनको बारेमा भ्लोन दम्पतीमाथि अनुसन्धान हुन्छ ।’
प्रवक्ता अर्यालले उनीहरूमाथि आफ्नै ३९ वर्षीय छोरा भरतको हत्या गरेको आरोप लागेको बताए । प्रहरीका अनुसार गत १५ फागुन बिहीबार राति घरमा चोरी गर्न आएको भन्दै भ्लोन दम्पतीले आफ्नै छोरा भरतमाथि घरेलु औजारले आक्रमण गरी गम्भीर घाइते बनाएका थिए । चोरी गर्ने उद्देश्यले घरभित्र छिरेका भरतले भ्लोन दम्पतीको आँखामा खुर्सानीको धुलो छरेको र उनीहरूबिच केहीबेर घम्साघम्सी भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कुलमानका विषयमा ऊर्जामन्त्रीले सदनमा झुट बोले : लिङ्देन
-
अब राजतन्त्र ब्युँतने सपना नदेखे हुन्छः प्रधानमन्त्री
-
‘पैसा डबल’ गरिदिने भन्दै ठगी गर्नेलाई कारबाहीको माग गर्दै न्यायालय अगाडि प्रदर्शन
-
राष्ट्रिय सभाबाट अध्यादेशहरू धमाधम स्वीकृत
-
अवैध बसेकालाई डिपोर्ट गर्न अमेरिकाले सेनाको विमान प्रयोग किन बन्द गर्यो ?
-
माओवादीलाई कांग्रेसको आग्रह : कुलमानलाई देवत्वकरण गर्ने भए प्रतिपक्षी दलको अध्यक्ष बनाउनुस्