कराँते महासंघको वार्षिक साधारणसभा बाराको निजगढमा

काठमाडौँ । नेपाल कराँते महासंघको वार्षिक साधारणसभा आगामी चैत ९ गते बाराको निजगढमा हुने भएको छ । महासंघको कार्यसमिति बैठकले यस्तो निर्णय गरेको हो ।
बैठकले साधारणसभा समारोह समितिको सदस्यमा मजेन्द्र सिंह, गजेन्द्र सावद र दिलिप राजभण्डारीलाई नियुक्त गरेको छ ।
यसैगरी, बैठकले महासंघको विधानलाई विश्व कराँते महासंघ (डब्लूकेएफ) को निर्देशन अनुसार संशोधन गर्ने निर्णय पनि गरेको छ । डब्लूकेएफ र एसियाली कराँत महासंघ (एकेएफ) को शुल्क सम्बद्ध संघ–संस्थाहरुको सदस्यता शुल्कबाट तिर्ने निर्णय पनि बैठकले गरेको छ ।
यसैगरी, बैठकले महासंघका सदस्य सञ्जय कुमार राईको राजीनामा स्वीकृत गरेको छ । नेपाल सितोरियो कराँते संघबाट सदस्य बनेका मिलन प्रसाई निलम्बित भएकाले महासंघको सदस्यता स्वतः रिक्त रहने निर्णय पनि बैठकले गरेको छ ।
यसैगरी, बैठकले महासंघका कोषाध्यक्ष किसोर भट्टराईलाई राष्ट्रिय टिम व्यवस्थापक तथा राष्ट्रिय कराँते एकेडेमी प्रमुखमा नियुक्त गर्ने निर्णय लिएको छ । बैठकले डा. शिवराज भट्टलाई सदस्यका रुपमा नियुक्त गरेको छ ।
यसैगरी, महासंघको प्राविधिक समितिको प्रमुखमा महेश कुमार श्रेष्ठलाई अनुमोदन गर्ने निर्णय पनि बैठकले गरेको छ । बैठकले रेफ्री आयोगका लागि कार्यादेश स्वीकृत गर्ने निर्णय पनि लिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेप्सेमा झिनो गिरावट, कारोबार १० अर्ब १० करोड
-
कुलमानलाई शून्य अंक किन ? यस्तो छ मन्त्री खड्काको स्पष्टीकरण
-
फाइनलअघि म्याट हेनरीको चोटले न्युजिल्यान्डलाई चिन्ता
-
आलेमगरको टिप्पणी : एउटा अध्यादेशको निधन भएछ !
-
‘बोक्सी’का नाममा हुँदै आएको अत्याचार अझै रोकिएन
-
बंगलादेशका अनुभवी खेलाडी मुस्फिकर रहिमद्वारा एकदिवसीयबाट संन्यासको घोषणा