बंगलादेशका अनुभवी खेलाडी मुस्फिकर रहिमद्वारा एकदिवसीयबाट संन्यासको घोषणा

काठमाडौँ । बंगलादेशका अनुभवी खेलाडी मुस्फिकर रहिमले एकदिवसीय खेलबाट संन्यासको घोषणा गरेका छन् । च्याम्पियन्स ट्रफीमा एउटा पनि खेल नजितेर बंगलादेश घर फर्किएको एक हप्तापछि रहिमले फेसबुक पेजमार्फत आफ्नो संन्यास घोषणा गरेका हुन् ।
रहिमले बंगलादेशका लागि एकदिवसीय खेलहरूमा दोस्रो धेरै रन बनाएका छन् । उनले ३६.४२ को औसतले ७ हजार ७९५ रन बनाएका छन् । यसमा ९ शतक र ४९ अर्धशतक सामेल छन् ।
उनी २५० भन्दा बढी एकदिवसीय खेल्ने मात्र ५ विकेटकिपरमध्ये एक हुन् । उनले विकेटकिपरका रूपमा खेल्दै बनाएको ७ वटा शतक चौथो धेरै हो । उनीभन्दा अघि कुमार संगाकारा, एडम गिलक्रिस्ट र महेन्द्रसिंह धोनी रहेका छन् ।
उनले सन् २००७ को विश्वकपमा सबैको ध्यान खिच्न सफल भएका थिए । उनलाई भेटरान खालेद मसुदको स्थानमा टोलीमा स्थान दिइएको थियो । उनले ट्रिनिडाडमा भारतलाई हराउँदा अर्धशतक बनाएका थिए ।
उनले सन् २०१० देखि २०१६ सम्म बंगलादेशका लागि कीर्तिमानी लगातार ९२ एकदिवसयीय खेलेका थिए । उनले सन् २०२२ को टी–२० विश्वकपपछि सो फर्म्याटबाट संन्यास लिइसकेका छन् ।
उनले हालसम्म ९४ टेस्ट खेलेका छन् । उनी बंगलादेशका लागि १०० टेस्ट खेल्ने पहिलो खेलाडी बन्ने होडमा छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राष्ट्रिय सभाबाट अध्यादेशहरू धमाधम स्वीकृत
-
अवैध बसेकालाई डिपोर्ट गर्न अमेरिकाले सेनाको विमान प्रयोग किन बन्द गर्यो ?
-
माओवादीलाई कांग्रेसको आग्रह : कुलमानलाई देवत्वकरण गर्ने भए प्रतिपक्षी दलको अध्यक्ष बनाउनुस्
-
वित्तीय शोषणविरुद्ध ९ वटा संगठनद्वारा संघर्षको घोषणा
-
युक्रेनको तर्फबाट युद्ध लड्ने बेलायती युवकलाई रुसमा १९ वर्षको जेल सजाय
-
नेप्सेमा झिनो गिरावट, कारोबार १० अर्ब १० करोड