बिहीबार, २२ फागुन २०८१
ताजा लोकप्रिय

‘होस्टेल ३’को बुकिङ खुला, कति छन् शो ?

बिहीबार, २२ फागुन २०८१, ०८ : ४१
बिहीबार, २२ फागुन २०८१

काठमाडौँ । शुक्रवार रिलिज हुने फिल्म ‘होस्टेल ३’ को अग्रिम टिकट बुकिङ खुला भएको छ । नेपालकै सबैभन्दा ठुलो मल्टिप्लेक्स चेन क्युएफएक्स फिल्मलाई करिब ८० शो, दोस्रो ठुलो चेन आइएनआइ सिनेमाजले १५ शो तथा वन सिनेमाजले ९ शो, बिग मुभिजले ५ शो र एफक्युब सिनेमाले ५ शो, बिएसआर सिनेमाजले ४ शो  दिएको छ ।  अग्रिम बुकिङ अनुसार शाे थपघट हुनेछ । 

‘होस्टेल’को तेस्रो संस्करणको रुपमा निर्माण भएको फिल्म युवा पुस्तालाई लक्षित छ ।

सशान कँडेलले निर्देशित फिल्ममा पारस बम ठकुरी, सिम्रन पन्त, आशिष घिमिरे, पदम तामाङ, हेना नगरकोटी, रिहान गिरी, समा पराजुली लगायत रहेका छन् । 

सुरेश कँडेल, कर्ण कार्की, गोविन्द अधिकारी निर्माता र शिशिर ज्ञवाली, अनीश सिग्देल, कुन्दन गुप्ता र गणेश मगर सह निर्माता रहेको फिल्ममा छायाङ्कन अर्जुन तिवारी र सम्पादन विकास दाहालको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप