ट्रम्पलाई अर्को धक्का, युएसएआईडीको फन्ड फ्रिज गर्ने अनुरोध सर्वोच्चद्वारा अस्वीकार

वासिङ्टन डीसी । युएसएआईडी लगायतको कैयन बिलियन डलरको फन्ड फ्रिज गर्ने ट्रम्प प्रशासनको अनुरोध अमेरिकाको सर्वोच्च अदालतले बुधबार अस्वीकार गरेको छ । ह्वाइट हाउसलाई तल्लो अदालतमा मुद्दा जारी राख्न अनुमति दिँदै अदालतले रकम कहिले जारी गर्नुपर्छ भन्नेबारे भने केही बताएको छैन ।
सर्वोच्चका ४ न्यायाधीश ट्रम्प प्रशासनको अनुरोधको पक्षमा देखिए पछि ५ जना न्यायाधीशले उक्त अनुरोध अस्वीकार गरेका हुन् । ६ जना रुढिवादी र ३ जना लिबरल न्यायाधीशहरु रहेको सर्वोच्चको यो निर्णयले ट्रम्प प्रशासनलाई धक्का पुगेको छ ।
सर्वोच्च अदालतको अमेरिकी एजेन्सी युएसएआईडीलाई तिर्ने २ बिलियन डलरबारे सङ्घीय न्यायाधीशको शक्तिलाई समर्थन गरेको छ । अमेरिकी डिस्ट्रिक्ट कोर्टका न्यायाधीश अमिर अलीले राष्ट्रपति डोनाल्ड ट्रम्पको कार्यकारी आदेशबाट रोकिएको रकम प्रदान गर्न आदेशहरूको शृङ्खला जारी गरेपछि ट्रम्प प्रशासनले दायर गरेको आपत्कालीन आवेदन सर्वोच्चले अस्वीकार गरेको हो ।
अदालतले मुद्दाको सुनुवाइ एक साता ढिलो गरेको हो । यसबिचमा ठेकेदारले भुक्तानी भने पाएका छैनन् । हस्ताक्षर नगरी जारी गरिएको आदेशमा अदालतले न्यायाधीश अलीले तत्काल भुक्तानीको लागि दिएको म्याद सकिएको र मुद्दा जिल्ला अदालतमा चलिरहेकाले थप निर्णय आउन बाँकी रहेको बताएको छ। मुद्दाबारे बिहीबार सुनुवाइ हुने भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘बोक्सी’का नाममा हुँदै आएको अत्याचार अझै रोकिएन
-
बंगलादेशका अनुभवी खेलाडी मुस्फिकर रहिमद्वारा एकदिवसीयबाट संन्यासको घोषणा
-
राष्ट्रियसभामा भूमि अध्यादेशको खोजी, सांसदले भने– कता हरायो ?
-
६ जिल्लाका सीडीओ परिवर्तन, को कहाँ पुगे ?
-
सामान्य प्रशासन मन्त्रालयले गर्यो ३९ उपसचिवको पदस्थापन र ५३ जनाको सरुवा (सूची)
-
सङ्घीय मामिलाले काट्यो काठमाडौँ महानगरपालिकालाई पत्र