बिहीबार, २२ फागुन २०८१
ताजा लोकप्रिय

हमासलाई ट्रम्पको चेतावनी -‘भनेको नमान्दा निकै ठूलो मूल्य चुकाउन पर्ने’

बिहीबार, २२ फागुन २०८१, ०६ : ४३
बिहीबार, २२ फागुन २०८१

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गाजामा बन्धक बनाइएकालाई रिहा गर्न भन्दै हमासलाई अन्तिम चेतावनी दिएका छन् । सामाजिक सञ्जालमा ट्रम्पले ‘इजरायललाई आफुहरुले सबैथोक दिएको तर, काम पुरा नगरेको’ उल्लेख गरेका छन् । 

आफुले भनेको नमान्दा हमासका एक पनि सदस्य सुरक्षित नरहने चेतावनी समेत दिएका छन् । ट्रम्पको यो अभिव्यक्ति ह्वाइट हाउसद्वरा बन्धकहरुको मामिलामा हमाससँग सोझो कुराकानी पश्चात आएको बीबीसीले उल्लेख गरेको छ । 

सामाजिक सञ्जालमार्फत ट्रम्पले कडा चेतावनी दिँदै यदि बन्धकलाई रिहा गर्ने काम पुरा नगरे ‘निकै ठूलो मूल्य चुकाउन पर्ने’ बताएका छन् । यद्यपि, उनले इजरायललाई कस्तो खाले सहायता पठाएको भन्नेबारे केही खुलाएका छैनन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप