बिहीबार, २२ फागुन २०८१
ताजा लोकप्रिय

च्याम्पियन्स लिग अन्तिम १६ पहिलो लेगमा बायर्न म्युनिख र इन्टर मिलान विजयी

बिहीबार, २२ फागुन २०८१, ०६ : १८
बिहीबार, २२ फागुन २०८१

काठमाडौं । जर्मनीको बायर्न म्युनिख र इटालीको इन्टर मिलानले च्याम्पियन्स लिग फुटबलको अन्तिम १६ पहिलो लेगमा सहज जित निकालेका छन् ।  बुधबार राती बायर्नले घरेलु मैदानमा आफ्नै होम टाउनको बायर लिभरकुजेनलाई ३-० ले हरायो भने इन्टरले नेदरल्याण्ड्सको फेनोर्डलाई २-० ले स्तब्ध पार्‍यो । 

बायर्नलाई विजयी गराउन ह्यारी केनले दोहोरो गोल गरे भने जमाल मुसियालाले एक गोल गरे । उता, अवे मैदानमा इन्टरलाई विजयी गराउन लुटारो मार्टिनेज र मार्कस थुरमले एक–एक गोल गरे । दोस्रो लेग आउँदो मंगलबार इन्टरको घेरेलु मैदान बायएरेनामा हुने भएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप