बिहीबार आज कसलाई कति लाभ ? हेरौं राशिफल

आज विक्रम संवत २०८१ साल फाल्गुन २२ गते, बिहीबार । ईश्वी सन् २०२५ मार्च ६ तारिख । नेपाल संवत् ११४५ । कालयुक्तनाम संवत्सर । उत्तरायणं । शिशिर ऋतु । श्रीशाके १९४६ । फाल्गुन शुक्लपक्ष । तिथि–सप्तमी, २२ घडी ४२ पला, दिउसो ३ बजेर ३० मिनेट उप्रान्त अष्टमी । नक्षत्र–रोहिणी, ५५ घडी १ पला, रातको ४ बजेर २६ मिनेट उप्रान्त मृगशिरा । योग–विष्कुम्भ,४५ घडी ५२ पला, रातको १२ बजेर ४६ मिनेट उप्रान्त प्रिती । करण–वणिज, दिउँसो ३ बजेर ३० मिनेट उप्रान्त भद्रा, रातको २ बजेर ३१ मिनेट उप्रान्त भद्रा । आनन्दादिमा–उत्पात योग । चन्द्रराशि–बृष । काठमाडौंमा सूर्योदय बिहान ०६ बजेर २६ मिनेट । सूर्यास्त बेलुकी ६ बजेर ६ मिनेट । दिनमान २९ घडी १२ पला ।
आजको बार बेला
बिहान ०६ बजेर २६ मिनेटसम्म शुभ बेला ।
बिहान ६ बजेर २७ मिनेटदेखि बिहान ७ बजेर ५३ मिनेटसम्म रोग बेला ।
बिहान ७ बजेर ५४ मिनेटदेखि बिहान ९ बजेर २१ मिनेटसम्म उद्धेग बेला ।
बिहान ०९ बजेर २२ मिनेटदेखि बिहान १० बजेर ४८ मिनेटसम्म चर बेला ।
बिहान १० बजेर ४९ मिनेटदेखि बिहान १२ बजेर १६ मिनेटसम्म लाभ बेला ।
मध्यान्ह १२ बजेर १७ मिनेटदेखि दिउँसो १ बजेर ४४ मिनेटसम्म अमृत बेला ।
दिउँसो १ बजेर ४५ मिनेटदेखि दिउँसो ३ बजेर ११ मिनेटसम्म काल बेला ।
दिउँसो ४ बजेर १२ मिनेटदेखि बेलुकी ४ बजेर ३९ मिनेटसम्म शुभ बेला ।
बेलुकी ४ बजेर ४० मिनेटदेखि बेलुकी ७ बजेर ३९ मिनेटसम्म अमृत बेला ।
नोट : शुभकार्य तथा यात्रा गर्दै हुनुहुन्छ भने लाभबेला र अमृत बेलाको समय पारेर गर्नुहोला ।
राहुकाल
दिउँसो १ बजेर ४३ मिनेटदेखि दिउँसो ३ बजेर ११ मिनेटसम्म राहुकाल रहनेछ ।
नोट : राहुकालको समयमा कुनै पनि शुभ कार्य नगर्नुहोला ।
ब्रम्हा मुहुर्त
बिहान ४ बजेर ५० मिनेटदेखि बिहान ५ बजेर ३८ मिनेटसम्म ब्रम्हा मुहुर्त रहनेछ ।
आजको राशिफल
मेष (चु,चे,चो,ला,लि,लु,ले,लो,अ) माया प्रेमको गाठो कसिलो हुनेछ भने जीवन साथिको सहयोगले उत्पादन मुलक काम गर्न सकिनेछ । पारिवारिक सभा समारोहका सहभागि भई मीठो मसिनो भोजन ग्रहण गर्न अवसर प्राप्त हुनेछ । कलाकारिता तथा फिल्मी क्षेत्रमा समय लगानी गर्नेहरुको नाम तथा दाम दुबै कमाउने ग्रहयोग रहेकोछ । कुटुम्बको सहयोगले राम्रा काम गर्न सकिनेछ । शेयरबजारमा आज गरिने लगानीबाट लाभ लिन सकिनेछ ।
बृष (इ,उ,ए,ओ,वा,वि,वु,वे,वो) समयमा कामहरु सम्पन्न हुने तथा अरुको काम गरी नाम तथा दाम दुबै कमाउन सकिनेछ । अध्ययन तथा अध्यापनको क्षेत्रमा थोरै समय लगानी गर्दा पनि सकारात्मक नतिजा हात लागि हुने योग रहेकोछ । माया प्रेममा आफ्नो मान्छेलाई आफ्नै वरिपरी देख्न पाउदा मन प्रशन्न हुनेछ । सबैखाले व्यापारमा लगानी गरि नाफा कमाउन सकिनेछ भने वित्तीय बजारमा गरिने लगानीबाट लाभ लिन सकिनेछ ।
मिथुन (का,कि,कु,घ,ङ,छ,के,को,हा) खर्च बढ्ने तथा कामहरु समयमा नहुने प्रशस्त सम्भावना रहेकोछ । आर्थिक स्थिति खस्केर जाने हुनाले घरायसी खर्च व्यवस्थापन गर्न हम्मे–हम्मे पर्नेछ । पढाइ लेखाइमा समय दिन नसक्दा पछि परिनेछ । स्वास्थ्यमा समस्या आई औषधि उपचार खर्च हुने योग रहेकोछ । व्यवसायबाट आम्दानी गर्न लगानी बढाउनु पर्ला । र, पनि छोटो दुरीको यात्रा हुने तथा विदेशी सामानको व्यापार व्यवासाय फस्टाएर जानेछ ।
कर्कट (हि,हु,हे,हो,डा,डि,डु,डे,डो) आय भावमा गोचर गर्ने चन्द्रमाले खनिज पदार्थ, शेयरबजार तथा तरल पदार्थमा लगानी गरी आम्दानी बढाउन सकिनेछ । आर्थिक अवस्था राम्रो हुने तथा नया प्रकृतिको काम गरी मनग्गे आम्दानी गर्न सकिनेछ । पढाइ लेखाइमा मन जाने हुनाले सफलता प्राप्त गर्न सकिनेछ । माया प्रेममा नजिक हुने तथा नयाँ ठाउबाट प्रेम प्रस्ताव आउनेछ । ईच्छा आकांक्षा पुरा गर्न सकिनेछ । सांगितिक क्षेत्र तथा फिल्मी क्षेत्रमा समय लगानी गर्नेहरुका लागि समय उत्तम रहेकोछ ।
सिंह (मा,मि,मु,मे,मो,टा,टि,टु,टे) समाजसेवा तथा राजनीतिमा समय दिनेहरुले जनताको प्रत्यक्ष सहभागितासहितको सहयोग पाउनेछन् । व्यापार व्यवसाय फस्टाएर जानेछ भने आम्दानीका बाटाहरु फराकिला हुनेछन् । अध्ययन तथा अनुशन्धानको क्षेत्रमा राम्रो प्रगति गर्न सकिनेछ भने तपाईंको बौद्धिकताको सबैले सम्मान गर्नेछन् । गीत संगीत तथा कला साहित्यमा समय दिनेहरुले मनग्गे लाभ लिन सक्नेछन् । प्रेमको डोरो कसिलो भएर जानेछ ।
कन्या (टो,पा,पि,पु,ष,ण,ठ,पे,पो) बौद्धिकताकोा प्रयोगले सफलताको शुत्र पत्ता लगाउन सकिनेछ । उत्तम बस्त्र, मनपर्ने तथा विलाशी वस्तु हात लागी हुनेछ । धार्मिक तथा आध्यात्मिक क्षेत्रमा चासो रहने तथा सस्कार सँस्कृतिको जगेर्ना गर्ने काममा समय व्यतित हुनेछ । भाग्य तथा समयले साथ दिने हुदा सानो लगानीबाट मनग्गे आम्दानी गर्न सकिनेछ । प्रेमलाई विवाहरुपी निकास दिने सहमति जुट्ने योग रहेकोछ ।
तुला (रा,रि,रु,रे,रो,ता,ति,तु,त) कामहरु समयमा नसकिने तथा अरुबाट बाधा व्यवधान हुने हुनाले मानसिक तनाव बढ्नेछ । मनोबल कमजोर हुने हुनाले काम गर्न जोस जागर हराएर जानेछ । पढाइ लेखाइ तपाईं आफ्नै कारणले बिग्रने हुँदा अरुभन्दा पछि परिनेछ । प्रेम प्रसंगमा टाडै रहनुहोला, प्रिय पात्रसँग मनमुटाव सिर्जना हुनेछ । खानपानमा ध्यान दिनुहोला सामान्य स्वास्थ्य सम्बन्धी समस्या आउन सक्छ । विधिविधान तथा कानून संवत काम गर्नुहोला दण्ड तथा जरिवाना हुने ग्रहयोग रहेकोछ ।
बृश्चिक (तो,ना,नि,नु,ने,नो,या,यि,यु) व्यवसायिक यात्रामा आवश्यक पर्दा साथ दिनेहरु प्रसस्त भेटिने हुँदा मन प्रशन्न हुनेछ । परिवारका साथ देश विदेशको यात्राको तय गर्न सकिनेछ । स्थायी सम्पत्तिको भरपुर प्रयोग गर्न पाइनेछ । शेयरबजारमा लगानी वा नाफामूलक काम गरी मनग्गे आम्दानी गर्न सकिनेछ । राम्ररी काम गरी नाम कमाउन सकिने हुनाले मान सम्मानमा बृद्धि हुनेछ । विलाशी सामान प्राप्तिको योग रहेकोछ ।
धनु (ये,यो,भा,भि,भु,ध,फा,ढा,भे) ईष्टमित्र तथा आफन्तका साथ रमाइलो यात्राको अवसर जुर्ने तथा मीठा परिकार ग्रहण गर्दै दिन कटाउन सकिनेछ । अदालती निर्णयहरु तपाईंकै पक्षमा आउने तथा शत्रु परास्त गर्दै अगाडि बढ्न सकिनेछ । प्रतिस्पर्धामा प्रतिस्पर्धीको मनोबल गिराउदै सकारात्मक उपलब्धि हात पार्न सकिनेछ । पुराना स्वास्थ्य सम्बन्धी समस्या हल भएर जाने तथा पुराना लेनदेनका मुद्दाहरु किनारा लाग्नेछन् । व्यापार तथा शेयरबजारमा लगानी बढाई आम्दानीका स्रोतहरु फराकिला पार्न सकिनेछ ।
मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गी) अध्ययनमा प्रशस्त समय दिन सकिनेछ भने नतिजा आफैतिर ल्याउन सकिनेछ । तपाईंको ईमान्दारिताको कदर सबैले गर्नेछन् । बन्द व्यापार फस्टाएर जाने हुनाले मनग्गे लाभ लिन सकिनेछ । अप्ठ्यारा तथा असजिला परिस्थितिलाई सहजै बुद्धिमतापूर्वक निराकरण गर्न सकिनेछ । प्रेममा सामिप्यता बढ्ने तथा उपहार प्राप्तिको योग रहेकोछ । सन्तान तथा आफन्तबाट सहयोग रहने हुनाले मन प्रशन्न रहनेछ ।
कुम्भ (गु,गे,गो,सा,सि,सु,से,सो,दा) घरायसी समस्या एक्कासी बढ्नाले अर्थ अभाव हुनेछ । आमा तथा आमासँग टाडिएर यात्राको तय गर्नुपर्दा मन खिन्न हुनेछ भने आफन्तको साथ पाइने छैन । समाजसेवामा तथा राजनीतिमा पदको दुरुपयोग गर्दा मान सम्मानमा दाग लाग्न सक्छ, ध्यान दिनुहोला । अध्ययनमा समय दिएपनि नतिजाको लागी केही समय कुर्नु नै पर्नेछ । कृषि तथा पशुपालन व्यवसायमा भने मनग्गे आम्दानी हुने योग रहेकोछ ।
मीन (दि,,दु,थ,झ,ञ,दे,दो,चा,ची) तपाईंले शुरु गरेको काममा आफन्त तथा दाजुभाइहरुको सहयोग तथा समर्थन पाइनेछ । व्यापार तथा शेयरबजारबाट मनग्गे लाभ लिन सकिनेछ भने घर परिवारका आवश्यकहरु पुरा गर्न सकिनेछ । विवादित विषयहरु तपाईं आफ्नै पक्षमा निर्णय हुनेछन् । प्रेममा नजिक हुने समय रहेकोछ भने लामो समयदेखि भेट नभएका मित्रहरु भेटिने हुँदा मन प्रशन्न रहनेछ । पढाइ लेखाइमा प्रतिस्पर्धीहरुलाई पटि पार्दै तपाईंको नाम अग्र स्थानमा आउनेछ ।
तपाईंको दिन शुभ रहोस्,
-ज्योतिषी दुर्गा प्रसाद भण्डारी
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
५ सय करोड क्लबको नजिक पुग्यो विक्कीको ‘छावा’
-
सङ्घीय मामिलाले काट्यो काठमाडौँ महानगरपालिकालाई पत्र
-
गभर्नर बन्न के चाहिन्छ योग्यता ?
-
क्लब विश्वकप फुटबलमा एक अर्ब डलरभन्दा बढीको पुरस्कार राशि
-
सेमिफाइनलमा हारेपछि आईसीसीमाथि मिलरको आक्रोश
-
बार निर्वाचन : श्रेष्ठले दाबी नछाडेपछि पीपीएलएले फेर्यो गठबन्धन, साझा उम्मेदवार मिश्र