च्याम्पियन्स लिग : नकआउट प्लेअफको पहिलो लेगमा बार्सिलोना र लिभरपुललाई सफलता
बिहीबार, २२ फागुन २०८१, ०५ : ४२

काठमाडौं । स्पेनिस क्लब बार्सिलोना र इंग्लिश क्लब लिभरपुल च्याम्पियन्स लिग नकआउट चरण प्लेअफ पहिलो लेगमा विजयी भएका छन् ।
बुधबार राती भएका खेलमा बार्सिलोनाले पोर्चुगलको बेनिफिका र लिभरपुलले फ्रान्सको पेरिस सेन्ट जर्मेन पीएसजीलाई समान १-० गोल अन्तरले हराए । पल कुरबासीले २२ औं मिनेटमा रातो कार्ड पाएपछि अवे मैदानमा दबाब झेलेको बार्सिलोनालाई जिताउन राफिन्हाले निर्णायक गोल गरे ।
उता, लिभरपुललाई जिताउन हार्भे इलियटले गरेको गोल नै निर्णायक बन्यो । यी दोस्रो लेग आगामी मंगलबार लिभरपुल र बार्सिलोनाको घरेलु मैदानमा हुने तालिका छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
क्लब विश्वकप फुटबलमा एक अर्ब डलरभन्दा बढीको पुरस्कार राशि
-
सेमिफाइनलमा हारेपछि आईसीसीमाथि मिलरको आक्रोश
-
बार निर्वाचन : श्रेष्ठले दाबी नछाडेपछि पीपीएलएले फेर्यो गठबन्धन, साझा उम्मेदवार डीएलएबाट
-
सक्रिय बन्दै बागलुङका न्यायिक समिति
-
नो केबुलकार’ आन्दोलनमा सङ्घीय समाजवादी पार्टीको समर्थन
-
ठेक्का लागेको आठ वर्षमा पनि बनेन प्रदेश राजधानी जोड्ने पुल