बुधबार, १३ चैत २०८१
ताजा लोकप्रिय
रातोपाटी ब्रिफिङ

१० बजे १० समाचार : अन्तत: ५ अध्यादेश स्वीकृत, हत्कडी लगाएर फर्काइए नेपाली

बुधबार, २१ फागुन २०८१, २२ : ००
बुधबार, २१ फागुन २०८१

आज २०८१ फागुन २१ गते बुधबार । आज दिनभरका मुख्य–मुख्य घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘रात्रिकालीन ब्रिफिङ’मा प्रस्तुत गरेका छौँ–

  • अध्यादेश स्वीकृत

प्रतिनिधिसभाबाट सरकारले ल्याएका ५ वटा अध्यादेश स्वीकृत भएको छ । बुधबार बसेको बैठकमा भूमिसम्बन्धी बाहेक अन्य पाँच अध्यादेश पेस भएकामा सदनले स्वीकृत गरेको हो। 

  • संसद् बैठक

नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई सरकारले षडयन्त्रपूर्वक हटाउन लागेको भन्दै प्रतिनिधिसभा बैठकमा सांसदहरूले विरोध गरेका छन् । बुधवारको प्रतिनिधिसभाको बैठक सुरु भएलगत्तै विपक्षी दलहरूले उठेर विरोध गरेका थिए । 

  • अमेरिकाबाट नेपाली डिपोर्ट

अमेरिकाको टेक्सास राज्यबाट डिपोर्ट भएका ९ जना नेपाली काठमाडौँ आइपुगेका छन् । उनीहरूमध्येका ८ जनालाई अमेरिकन प्रहरीले चार्टड उडानमार्फत त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ल्याएर छाडेका हुन् । 

  • सहकारीका समस्या

सहकारीको रकम हिनामिनाबाट कैयौँ बचतकर्ता प्रभावित भएका छन् । यो विषय राष्ट्रिय मुद्दा नै बनिसकेको छ । बागमती प्रदेश पनि सहकारी रकम हिनामिनाको मुद्दाबाट अछुतो छैन । बागमती प्रदेश सरकारले सहकारी व्यवस्थापनका लागि विभिन्न प्रयास गरे पनि ठोस नतिजा हात लाग्न सकेको छैन ।

  • उमेर हद

निजामती कर्मचारीहरूको उमेर हद बढाउने तयारी भएको छ । संघीय संसद् अन्तर्गत प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिमा संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८० माथिको छलफलमा निजामती कर्मचारीको उमेर हद बढाउने विषयमा भइरहेको छलफल सकारात्मक रूपले अघि बढिरहेको हो । 

  • नयाँ गभर्नर नियुक्ति

नेपाल राष्ट्र बैंकको नयाँ गभर्नर को बन्छ भन्नेबारे चासो र चर्चा सुरु भएको छ । गभर्नर महाप्रसाद अधिकारीको पाँच वर्षे कार्यकाल सकिन लागेसँगै नयाँ गभर्नरको नियुक्तिका सम्बन्धमा बहस सुरु हुन थालेको हो । 

  • बिजुक्छेकै रजगज

नेपाल मजदुर किसान पार्टी (नेमकिपा)का अध्यक्षमा नारायणमान बिजुक्छे (रोहित)ले नै निरन्तरता पाएका छन् । फागुन २० गते सम्पन्न पार्टीको आठौँ राष्ट्रिय महाधिवेशनले बिजुक्छेलाई अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित गरेको थियो ।

  • राजावादी सडकमा

 राजधानीमा बुधबार राष्ट्रिय प्रजातन्त्र पार्टीले बृहत् प्रदर्शन गरेको छ । राजतन्त्र पुनर्बहाली हुनुपर्ने मागसहित राप्रपाले जनप्रदर्शन गरेको हो । 

  • सुन तस्करी

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको वाकथ्रु गेट पार गरिसकेका ४ जना उज्वेकिस्तानका नागरिक फागुन १४ मा साँझ पक्राउ परे । पक्राउ गरेको करिब ३ घण्टाको प्रयासपछि आरोपीहरूले मलद्वारमा लुकाएर ल्याएको सुन प्रहरी अधिकृतहरूले बरामद गरेका हुन् । 

  • सुखानी हत्याकाण्ड

झापा विद्रोहका कारण त्यहाँका मान्छे आकुलव्याकुल भएका थिए । त्यस विद्रोहबाट खास गरेर शोषक, फटाहा र सामन्त मनोभाव भएका मान्छेको सातोपुत्लो गएको बुझिन्थ्यो । नक्सलाइट कम्युनिस्टको शीर्षकले धेरैलाई तर्साएर काबुमा राखेको थियो । त्यसै फेरोमा झापा आन्दोलनका मुख्य नायक मानिएका रामनाथ दाहाल पनि पक्राउ परेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप