दक्षिण अफ्रिकामा बस र ट्रक ठोक्किँदा १० जनाको मृत्यु

केपटाउन । दक्षिण अफ्रिकाको केन्द्रीय प्रान्त फ्रि स्टेटमा बुधबार बिहान दुईवटा सवारीसाधन आपसमा ठोक्किँदा १० जनाको मृत्यु हुनुका साथै अन्य कैयौँ घाइते भएका छन् ।
राज्य पुलिसले जारी गरेको विज्ञप्ति अनुसार, दुर्घटना स्थानीय समय अनुसार बिहान ४ः२० बजे प्रान्तको रेडर्सबर्ग र स्मिथफिल्डको बीचको एन६ सडकमा भयो, जब ३५ यात्रु बोकेको बस एक ट्रकसँग ठोक्किएको थियो ।
‘दुई वर्षीया बालिका, छ जना महिला र तीन पुरुष गरी दश जनाको घटनास्थलमै मृत्यु भयो । दुर्घटनामा ट्रक र बस दुवैका चालक जोगिए,’ प्रहरीले जनाएको छ, ‘पाँच गम्भीर घाइते यात्रुहरूलाई ब्लोमफन्टेनको अस्पतालमा लगियो, जबकि २२ घाइते यात्रुहरूलाई स्मिथफिल्डको अस्पतालमा उपचार गरियो ।’
ट्रक विपरीत दिशामा जाँदै गरेको प्रारम्भिक रिपोर्टहरूले सङ्केत गरेको प्रहरीले जनाएको छ । अधिकारीहरूले दुर्घटनाको कारणको लागि अनुसन्धान सुरु गरेको विज्ञप्तिमा भनिएको छ ।
घटनास्थलमा आपतकालीन टोली खटिएकाले प्रहरीले सवारी चालकलाई उक्त क्षेत्रमा यात्रा गर्दा सावधानी अपनाउन आग्रह गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रेशम चौधरी पक्राउ परेपछि नागरिक उन्मुक्ति र जनमत पार्टीबिच एकता घोषणा कार्यक्रम स्थगित
-
फैसला कार्यान्वयनका लागि रेशमलाई पक्राउ गरेका हौँ : प्रहरी
-
ट्रम्पले अमेजनका मालिक बेजोसलाई किन बोलाए ?
-
आजपाले बुझायो लोकसेवा आयोगमा ज्ञापनपत्र
-
बिहीबारदेखि पठनपाठन हुने वातावरण बन्छ : सत्ता गठबन्धन
-
विदेशी विद्यार्थीको कानुनी मान्यता अन्त्य गर्ने यस्तो छ ट्रम्प प्रशासनको योजना