काम खोजिरहेका छन् नील नितिन मुकेश

नयाँ दिल्ली । बलिउड अभिनेता नील नितिन मुकेशले 'न्यूयोर्क', 'जोनी गद्दार', '७ खुन माफ' र 'प्रेम रतन धन पायो' जस्ता कैयौं चर्चित फिल्ममा काम गरिसकेका छन् ।
बलिउडमा स्थापित भइसकेका उनी यतिवेला भने कामविहीन बन्न पुगेका छन् । आफूले यतिवेला कामै नपाएको नीलले हिन्दी रशसँगको कुराकानीमा बताएका छन् । यस्तोमा काम पाउन आफूले के-के गरिरहेको छु भनेर पनि उनले बताएका छन् ।
‘म कामका लागि मानिसहरूलाई म्यासेज पठाउँछु । उनीहरूले तुरुन्तै जवाफ दिन्छन् अनि हामी तपाईंलाई सम्झिरहनेछौं र केही भइहाल्यो भने जानकारी दिनेछौं,' उनले भने, 'मेरो काम उनीहरूलाई मेरो पनि अस्तित्व छ भनेर सम्झाउनु हो ।’
आफूले डेब्यु गरेकाे समयमा कहिलेकाहीँ मात्रै नयाँ अनुहार लञ्च हुने गरेको तर अहिले हरेक हप्ताजसो नयाँ अनुहार देखिँदा पनि आफूले काम नपाएको उनले गुनासो गरे ।
चर्चित भएपनि जारी छ संघर्ष
नीलले २० वर्ष लामो आफ्नो करियरमा ३० भन्दा बढी फिल्ममा काम गरिसकेका छन् । भारतका कैयौं उत्कृष्ट निर्देशकहरूसँग उनले काम गरेका छन् । ‘तर पनि मेरो संघर्ष सकिएको छैन । यो कारोबार हो । मलाई लाग्छ मेरो छालाको रंग आज बनिरहेका चलचित्रहरूसँग मेल खाँदैन । सायद निर्देशकहरूलाई लाग्छ कि ग्रामीण परिवेशका फिल्मका भूमिकामा म फिट हुन्नँ,' उनले भने, 'किनकि मानिसहरू भन्छन् कि मेरो छालाको रंग हलिउडमा खेल्ने अभिनेताहरूको जस्तै छ ।’
नील पछिल्लो फिल्म ‘हिसाब बराबर’मा देखिएका थिए । फिल्ममा आर माधवन मुख्य भूमिकामा थिए । यसमा कीर्ति कुल्हारी, रश्मी देसाई र फैसल रशिद पनि थिए । यो फिल्म टिकट चेकरमा आधारित छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्थानीय तहले कृषि र गैरकृषि जग्गा छुट्याउन अझै सकेनन्
-
‘होस्टेल ३’को बुकिङ खुला, कति छन् शो ?
-
आज विवाह गर्दै अस्मिता र महेश
-
ट्रम्पलाई अर्को धक्का, युएसएआईडीको फन्ड फ्रिज गर्ने अनुरोध सर्वोच्चद्वारा अस्वीकार
-
१ रुपैयाँ तिरेर फिल्म 'चिसो मान्छे' हेर्न पाइने
-
पार्टीको आमसभा स्थगित गरेर ज्ञानेन्द्रको स्वागतमा राप्रपा