शनिबार, १६ चैत २०८१
ताजा लोकप्रिय

वैदेशिक रोजगारमा रहेका व्यक्तिहरुको नक्कली फेसबुक आईडी बनाएर ठगी

बुधबार, २१ फागुन २०८१, १९ : ३८
बुधबार, २१ फागुन २०८१

काठमाडौँ । वैदेशिक रोजगारमा रहेका व्यक्तिहरूको नक्कली फेसबुक आईडी बनाएर ठगी गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा  जिल्ला धादिङ ज्वालामुखी गाउँपालिका वडा-७ घर भई  जिल्ला काठमाडौँ तार्केश्वर नगरपालिका-५ लोलाङ हाइट बस्ने २७ वर्षीय  नारायणदत्त खकुराल रहेका छन् ।

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक काजी कुमार आचार्यका अनुसार खकुरालले सामाजिक सञ्जाल फेसबुकमा वैदेशिक रोजगारमा रहेका व्यक्तिहरूको पहिचान गरी प्रोफाइल भिजिट गर्नुको साथै उनीहरूको आफन्तहरूको समेत विवरण राखी नक्कली फेसबुक आईडी बनाउँथे । त्यसपछि उक्त फेक आईडीमा विदेशमा रहेका व्यक्तिहरूकै फोटो अपलोड गरी  उक्त आईडीबाट आफन्तहरूसँग म्यासेन्जरमा टेक्स्ट गर्थे ।

प्रहरी उपरीक्षक आचार्यका अनुसार उनले आफू र आफ्नो साथी बिरामी भई अस्पतालमा भर्ना भएको र आफूलाई रकमको आवश्यकता परेकोले मेरो साथीको क्यूआरमा रकम पठाउनु भनी विभिन्न व्यक्तिहरूसँग रकम माग गर्थे । 

उनले यसका लागि उपत्यकाको विभिन्न पसलहरूमा गई ‘आफ्नो मान्छे बिरामी भई अस्पतालमा भर्ना भएको र आफन्तले उपचारको लागि रकम पठाइदिँदै छ । मेरो कुनै पनि बैंक खाता छैन, भनी हजुरको खातामा पैसा आउँछ । सो पैसा राखी मलाई नगद रकम दिनु’ भनी उक्त पसलहरूको क्यूआर पठाई उक्त क्यूआरमा रकम हाल्न लगाई पसलहरूबाट नगदै रकम लिने गरेका थिए । 

कार्यालयबाट खटिएको टोलीले मंगलबार खकुराललाई तार्केश्वरको लोलाङ हाइटबाट पक्राउ गरेको थियो । उनलाई आवश्यक कारबाहीको लागि बुधबार जिल्ला प्रहरी परिसर भद्रकाली पठाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप