नेपाल पुलिस क्लब दोस्रो वीरगञ्ज गोल्डकपको फाइनलमा

वीरगञ्ज । नेपाल पुलिस क्लब दोस्रो वीरगञ्ज गोल्डकप प्रतियोगिताको फाइनलमा पुगेको छ । वीरगञ्जको आर्दशनगर रङ्गशालामा आज भएको खेलमा नेपाल पुलिस क्लबले आयोजक युनाइटेड वीरगञ्ज क्लबलाई ट्राईब्रेकरमा ७–६ गोलअन्तरले पराजित गर्दै फाइनलको यात्रा गरेको हो ।
खेलको निर्धारित समयमा दुवैतर्फबाट कुनै गोल नभएपछि खेल ट्राइब्रेकरमा धेकेलिएको थियो । ट्राइब्रेकरमा दुवै टिमको तर्फबाट ९–९ वटा पेनाल्टि सुट प्रहार भएको थियो । नेपाल पुलिस क्लब आगामी फागुन २४ गते फाइनल खेल खेल्दैछ । नेपाल पुलिस क्लब गत वर्षको वीरगञ्ज गोल्डकपको विजेता टोली पनि हो ।
यही फागुन १७ गतेदेखि सुरु भएको वीरगञ्ज गोल्डकप फागुन २४ गतेसम्म चल्नेछ । प्रतियोगिताको विजेताले रु ११ लाख ११ हजार एक सय एघार, ट्रफी, मेडल र प्रमाणपत्र र उपविजेता हुने टोलीलाई रु पाँच लाख ५५ हजार पाँच सय ५५ रुपैयाँ नगद, ट्रफी, मेडल र प्रमाणपत्रले पुरस्कृत गरिनेछ ।
प्रतियोगिताको सर्वाेकृष्ट खेलाडीलाई स्कुटर प्रदान गरिने आयोजकले जनाएको छ । प्रतियोगितामा उत्कृष्ट गोलरक्षक र उत्कृष्ट प्रशिक्षकलाई जनही २० हजार नगद पुरस्कार प्रदान गरिनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वडा सदस्य महतोको लोभलाग्दो मेवाखेती
-
समस्याग्रस्त सहकारीको व्यवस्थापन गर्न बनेको समिति नै समस्यामा
-
अमेरिकामा पनि भव्यताका साथ मनाइयो बिस्का जात्रा (तस्बिरहरू)
-
लोकमार्गसँग जोड्ने लक्ष्मीमार्ग धमाधम कालोपत्र
-
गण्डकीका योजनामा व्यक्तिस्वार्थ चर्को, छुट्याउन सरकारलाई सकस
-
सिराहा प्रादेशिक अस्पतालमा चिकित्सकको नियमित सेवाको माग