दक्षिण भारतीय निर्देशक करणको निर्देशनमा फिल्म ‘जवाफ’ निर्माण घोषणा

काठमाडौं । फिल्म ‘जवाफ’ निर्माण घोषणा गरिएको छ ।
निर्माता प्रशान्त गिरीले यो फिल्म निर्माण घोषणा गरेका हुन् । २०७९ मा प्रदर्शनमा आएको फिल्म ‘छड्के २’ निर्माण गरेका गिरीले अहिले ‘जवाफ’ बनाउन लागेका हुन् ।
फिल्मको एक थिम पोस्टर सार्वजनिक गर्दै निर्माण कम्पनी काभ्रे फिल्मस्ले फिल्मको घोषणा गरेको हो ।
पोस्टरमा ‘सपना पूरा गर्न अपराधको बाटो रोज्नेहरूको कथा’ लेखिएको छ । हतियारसहित बस्तीको बाटोबिचमा उभिएका एक पात्रको पृष्ठभूमिमा प्रहरी भ्यानसहित देखाइएको छ । पोस्टरले फिल्म डार्क एक्सन थ्रिलरमा हुने संकेत गर्छ । पोस्टरमा उल्लेख भएका पात्रको परिचय खुलाइएको छैन ।
फिल्मलाई साउथ इन्डियन निर्देशक करणले निर्देशन गर्नेछन् । सम्पूर्ण छायांकन भारतमा नै हुने बताइएको फिल्मको अन्य ‘कास्ट एण्ड क्रू’बारे निर्माण टिमले केही जानकारी गराएको छैन ।
फिल्मको कार्याकारी निर्माताका रूपमा सञ्चारकर्मी सचित खड्का जोडिएका छन् । दशकलामो रंग पत्रकारिताको अनुभवलाई उनले फिल्म निर्माणमा प्रयोग गर्नेछन् ।
फिल्मलाई २०८३ मा प्रदर्शनमा ल्याउने निर्माण कम्पनीले घोषणा गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१५ जना प्रहरी अधिकृतहरूलाई दर्ज्यानी चिह्न प्रदान
-
कर्मचारीलाई मुख्यमन्त्रीको निर्देशन- नागरिक सचेत भइसके, अब्बल भएर जिम्मेवारी पूरा गर्नू
-
पृथ्वी राजमार्ग : कतै धमाधम काम, कतै धुलैधुलो, तस्बिरहरू
-
ऊर्जा मन्त्रालयले कुलमानलाई पठायो स्पष्टीकरण पत्र (पूर्णपाठ)
-
सात जना नारीलाई सम्मान गर्दै सकियो ‘महिला चलचित्र महोत्सव’
-
भीपीएनबाट मोबाइल बैंकिङ एप नचल्ने, ‘इन्टरनेट बैंकिङ’ हट्यो