नयाँ दिल्लीको रेल्वे स्टेसनमा १८ जनाको मृत्यु भएपछि पाँच अधिकारीको सरुवा

नयाँ दिल्ली । कुम्भ मेलाका क्रममा नयाँ दिल्ली रेल्वेस्टेसनमा भएको भागदौडको घटनामा इन्डियन रेल्वेले आफ्ना पाँच वरिष्ठ अधिकारीलाई सरुवा गरेको छ ।
समाचार एजेन्सी पीटीआईका अनुसार हटाइएका अधिकारीहरूमा डीआरएम विक्रम सिंह राणा, स्टेसन निर्देशक महेश यादव, वरिष्ठ डिभिजनल कमर्सियल म्यानेजर आनन्द मोहन र आरपीएफ सहायक सुरक्षा आयुक्त महेश चन्द सैनी रहेका छन् । यस भागदौडको घटनामा १८ यात्रुको मृत्यु भएको थियो ।
तर, यी सरुवा प्रशासनिक आदेशअन्तर्गत गरिएको र कारबाहीस्वरूप सरुवा गरेको जनाइएको छ। सरुवा आदेश मंगलबार जारी गरिएको थियो ।
यसैबिच, कांग्रेस सांसद राहुल गान्धीले इन्स्टाग्राममा एक पोस्टमा भीड व्यवस्थापनबारे मानिसहरूबाट सुझाव मागेका छन् । ‘रेल्वेस्टेसन र अन्य सार्वजनिक स्थानमा भागदौडका बढ्दो घटनाहरू अत्यन्तै चिन्ताजनक छन् । यी घटनामा कैयौं निर्दाेष मानिसहरूले आफ्नो ज्यान गुमाउँछन् वा घाइते हुन्छन् । यस्ता त्रासदीहरूलाई कसरी रोक्ने भन्ने बारेमा हामीले मिलेर सोच्नु आवश्यक छ,’ उनले पोस्टमा लेखेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चैते धानले हरियाली देखिएको फाँट, तस्बिरहरू
-
आगामी बजेटमार्फत जनतालाई राहत दिनुपर्छः सचेतक पाण्डे
-
जग्गा प्राप्त नहुँदै प्रशासनिक संरचना निर्माणमा बागमती सरकारको चटारो
-
परिणाममुखी काम गर्न नसके कमान्डबाट फिर्ता गर्ने सशस्त्रका आईजीपी अर्यालको चेतावनी
-
भाजपा विदेश विभाग प्रमुख चौथाइवाले नेपालमा
-
प्रादेशिक संरचना निर्माणमा राजनीतिक नेतृत्वको चासो छैन