पाल्हीनन्दन गाउँपालिका अध्यक्ष गुप्ता लागुऔषध मुद्दामा दोषी ठहर

बुटवल । नवलपरासीको पाल्हीनन्दन गाउँपालिका अध्यक्ष बैजुप्रसाद गुप्ता (दीपक) लागुऔषध सम्बन्धी मुद्दामा दोषी ठहर भएका छन् । जिल्ला अदालत नवलपरासीका न्यायाधीश केशवप्रसाद अधिकारीको इजलासले अध्यक्ष गुप्तासहित दुई जनालाई कसुरदार ठहराएको हो।
उक्त प्रकरणमा पालिकाका नगर प्रहरी रघुनाथप्रसाद धोबी २०७९ असोज २६ गतेदेखि पुर्पक्षका लागि थुनामा छन् । अन्य दुई अभियुक्त रामा गुप्ता (रामा साह) र जितेन्द्र पासवानलाई भने सफाइ दिइएको छ । ती दुई भारतीय नागरिक हुन् । यस्तै, पाल्हीनन्दन गाउँपालिका-३ का मन्टु भनिने विवेकप्रसाद पाण्डे अझै फरार छन् ।
अध्यक्ष गुप्तासहित धोबीलाई कसुर ठहर भए पनि सजाय निर्धारणको लागि फागुन २९ गते पेशी तोकिएको छ । लागुऔषध अभियोगमा २ देखि १० वर्षसम्म कैद र १ लाखदेखि २० लाख रुपैयाँसम्म जरिवानाको व्यवस्था रहेको छ ।
अध्यक्ष गुप्ता नेकपा माओवादी केन्द्रबाट निर्वाचित हुन् । घटनाका विवरण अनुसार २०७९ असार २२ गते रामग्राम नगरपालिका–१७ पिपरिहयामा अध्यक्ष गुप्ताको निर्देशनमा रामा र जीतेन्द्रलाई फसाउन खोजिएको आरोप लागेको थियो ।
गुप्ताको निर्देशनमा रघुनाथप्रसाद धोबी र विवेकप्रसाद पाण्डेले रामा र जीतेन्द्र चढेको मोटरसाइकल नजिक लागुऔषध राखेर फसाउन खोजेको आरोप जितेन्द्रको परिवारले लगाएको थियो । बरामद भएको लागुऔषधमा ९० थान डाइजेपाम, नुर्फिन र फेनार्गनका एम्पुल रहेको उल्लेख छ ।
अध्यक्ष गुप्ताको कवाड व्यवसायसमेत रहेको छ । जितेन्द्र र रामा बिहारका बासिन्दा हुन् र सुनवल नगरपालिकामा कवाडी पसल सञ्चालन गर्दै आएका थिए । करिब एक करोड ३५ लाख रुपैयाँ बराबरको लेनदेन विवादकै कारण गुप्ताले उनीहरूलाई फसाउन खोजेको आरोपसमेत लागेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
च्याम्पियन्स लिग : नकआउट प्लेअफको पहिलो लेगमा बार्सिलोना र लिभरपुललाई सफलता
-
अमेरिकी डलरको मूल्य घट्यो, विदेशी मुद्रा अन्य कसको भाउ कति ?
-
हिंसाबाट दलित महिला बढी पीडित
-
पाल्पाको रामपुरमा सुविधासम्पन्न उद्यान बन्दै
-
युक्रेनविरुद्ध ट्रम्पको अर्को कदम : सैन्य सहायतापछि खुफिया जानकारी दिन रोक
-
डच भाषाशास्त्री जर्ज भानद्वारा लिखित ‘अ ग्रामर अफ लिम्बू’को विमोचन