बिहीबार, २२ फागुन २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

गायक प्रमोद खरेलले जिते प्रतिलिपि अधिकारको मुद्दा

बुधबार, २१ फागुन २०८१, १९ : ११
बुधबार, २१ फागुन २०८१

काठमाडौँ । विन्ध्यवासिनी म्युजिक प्रालिका सञ्चालक दम्पती सुवास रेग्मी र लिला शर्माविरुद्धको प्रतिलिपि अधिकार उल्लंघनको मुद्दामा उच्च अदालत पाटनले पनि काठमाडौँ जिल्ला अदालतको फैसला सदर गरेको छ । 

उच्च अदालतका न्यायधीशद्वय लेखनाथ पौडेल र दुर्गाप्रसाद ढुंगेलको संयुक्त इजलासले मंगलबार उक्त मुद्दामा सुनुवाइ गर्दै जिल्ला अदालत काठमाडौँको निर्णय सदर गर्ने फैसला सुनाएका हुन् ।

गायक प्रमोद खरेल निवेदक र नेपाल सरकार वादी रहेको मुद्दामा खरेलका पक्षबाट अधिवक्ता सज्जन वरसिंह थापा, शालिकराम सापकोटा र ईश्वर अधिकारीले बहस गरेका थिए ।

विन्ध्यवासिनी म्युजिक प्रालिले प्रतिलिपि अधिकार उल्लंघन गरेको भन्दै गायक प्रमोद खरेलले २०७७ सालमा जाहेरी दिएका थिए । उक्त मुद्दामा काठमाडौँ जिल्ला अदालतले प्रतिलिपि अधिकार उल्लंघनको कसुरमा दोषी ठहर गर्दै १० हजार रुपैयाँ जरिवाना र सर्जकलाई एल्बम् फिर्ता गर्न आदेश दिएको थियो ।

तर, सरकारी वकिलले सजाय कम भएको भन्दै उच्च अदालत पाटनमा पुनः मुद्दा दायर गरेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप