विज्ञापन कर फिर्ता नलिए आन्दोलनको चेतावनी

बुटवल । बुटवलका व्यावसायिक संस्थाहरूले बुटवल उपमहानगरपालिकाले ठेक्का लगाएको विज्ञापन कर कानुनी रूपमा त्रुटिपूर्ण, अव्यवहारिक र अवैज्ञानिक रहेकाले खारेज गर्न आग्रह गरेका छन् ।
बुटवल उद्योग वाणिज्य सङ्घ रुपन्देही, रुपन्देही उद्योग सङ्घ, रुपन्देही व्यापार सङ्घ र उद्योग व्यापार सङ्घ बुटवलले आज संयुक्त रूपमा पत्रकार सम्मेलन गरी नगरभित्र सञ्चालनमा रहेका उद्योग तथा व्यावसायिक प्रतिष्ठानको चिनारीका लागि राखिएका परिचय पाटीको विज्ञापन कर असुल गर्न ठेक्का दिएर रकम उठाउने प्रक्रिया थालेपछि त्यसले जटिल परिस्थिति सिर्जना गरेकाले उक्त ठेक्का खारेज गर्न नगरपालिकालाई आग्रह गरेका हुन् ।
‘विज्ञापन कर र परिचय पार्टीका विषयमा व्यावसायिक संस्थाहरू स्पष्ट रहेको र विज्ञापन करका नाममा परिचय पाटीको लागि तोकिएको शुल्क उठाउने निर्णय तत्काल खारेज गरी बुटवल उपमहानगरपालिकाले यस विषयमा तत्कालै समस्याको समाधान खोज्न अनुरोध गर्दछौँ,’ पत्रकार सम्मेलनमा वितरित प्रेस विज्ञप्तिमा भनिएको छ, ‘वैधानिक रूपमा दर्ता भई सञ्चालनमा रहेका सङ्घ, प्रदेश तथा स्थानीय सरकारमा कर, राजस्व बुझाएका व्यावसायिक प्रतिष्ठानहरूलाई कार्यस्थलको परिचय पाटीको कर नबुझाउन समेत अपिल गर्दछौँ ।’
उपनगरपालिकाले ठेक्का मार्फत विज्ञापन कर उठाउने जिम्मेवारी दिएको गणेश एण्ड सन्स कन्स्ट्रक्सन विभिन्न व्यवसायी प्रतिष्ठानहरूमा पुगेर अशिष्ट र अभद्र व्यवहार गर्नुका साथै तोडफोड समेत गरी ज्यादतीपूर्ण व्यवहार गरेको पाइएको बताउँदै बुटवल उद्योग वाणिज्य सङ्घका अध्यक्ष हरिप्रसाद अर्यालले उक्त कार्यप्रति खेद व्यक्त गर्दै व्यावसायिक प्रतिष्ठान तथा परिचय बोर्डहरूमा गरिएको तोडफोडको उचित क्षतिपूर्तिको माग गरेका छन् ।
बुटवल उपमहानगरपालिकाले लगाएको ठेक्का र त्यसको निर्णय प्रक्रियामा व्यावसायिक संस्थाहरूको सहभागी तामा कर लगाउने निर्णय भएको भनी बजारमा भ्रम सिर्जना गर्ने गरी गलत प्रचार भएको भन्दै पहिचान वार्ड करका विषयमा बुटवल उपमहानगरपालिकाको राजश्व परामर्श समितिको बैठकमा छलफल भएको र त्यसमा पहिलेबाट लागु हुँदै आएको प्रक्रिया अनुसार नै विज्ञापन कर लिन उचित हुने सुझाव दिइएको रुपन्देही उद्योग सङ्घका अध्यक्ष दिलीप सापकोटाले बताए ।
यस विषयमा पटक–पटक बुटवल उपमहानगरपालिकालाई समस्या समाधानका लागि अनुरोध गर्दै आए पनि त्यसमा आलटाल गरिएको अब पनि फिर्ता नभएमा आन्दोलनमा जाने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
च्याम्पियन्स लिग : नकआउट प्लेअफको पहिलो लेगमा बार्सिलोना र लिभरपुललाई सफलता
-
अमेरिकी डलरको मूल्य घट्यो, विदेशी मुद्रा अन्य कसको भाउ कति ?
-
हिंसाबाट दलित महिला बढी पीडित
-
पाल्पाको रामपुरमा सुविधासम्पन्न उद्यान बन्दै
-
युक्रेनविरुद्ध ट्रम्पको अर्को कदम : सैन्य सहायतापछि खुफिया जानकारी दिन रोक
-
डच भाषाशास्त्री जर्ज भानद्वारा लिखित ‘अ ग्रामर अफ लिम्बू’को विमोचन