रचिन र केनको शतक, न्युजिल्याण्डद्वारा विशाल लक्ष्य प्रस्तुत

लाहोर । आईसीसी च्याम्पियन्स ट्रफीको दोस्रो सेमिफाइनलमा न्युजिल्याण्डले दक्षिण अफ्रिकासामु ३ सय ६३ रनको विशाल लक्ष्य प्रस्तुत गरेको छ । टस जितेर पहिले ब्याटिङ गरेको न्युजिल्याण्डले निर्धारित ५० ओभरमा ६ विकेटको क्षतिमा ३ सय ६२ रन बनाएको हो ।
टोलीका लागि रचिन रवीन्द्र र केन विलियमसनले शतकीय इनिङ्स खेले । रचिनले १०१ बलमा १०८ रन जोडे । उनले यस क्रममा १३ चौका र १ छक्का प्रहार गरे । त्यस्तै, विलियमसनले ९४ बलको सामना गर्दै १०२ रन बनाए । उनले १० चौका र २ छक्का प्रहार गरे ।
ग्लेन फिलिप्सले नटआउट रहेर ४९ रनको योगदान दिए । मात्र २७ बलमा उनले ६ चौका र १ छक्का हिर्काए । डेरल मिचेलले ३७ बलमा ४९ रन जोडे भने माइकल ब्रेसवेलले १६ रन बनाए ।
दक्षिण अफ्रिकाका लागि लुंगी एनगिडीले १० ओभर बलिङ गर्दै ७२ रन खर्चेर ३ विकेट लिए । त्यस्तै कागिसो रबाडाले २ विकेट तथा वियान मुल्डरले १ विकेट हात पारे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बङ्गालको खाडीबाट भित्रिएको जलवाष्पयुक्त हावाको प्रभाव नेपालमा, आज कहाँ-कहाँ हुन्छ वर्षा ?
-
सर्लाहीमा बढेन चैते धानको खेती
-
नारायणको बार आज कसलाई कति फलदायी ? हेरौं राशिफल
-
आज कति छ अमेरिकी डलर, युरो, पाउण्ड, अष्ट्रेलियन, क्यानेडियन र हङकङ डलरको मूल्य ?
-
आज देशभर अक्षय तृतीया पर्व मनाइँदै
-
च्याम्पियन्स लिग सेमीफाइनल पहिलो लेगमा पीएसजी विजयी, आर्सन पर्यो दबाबमा