शनिबार, १६ चैत २०८१
ताजा लोकप्रिय

त्रिवि केन्द्रीय क्याम्पसको स्ववियु अध्यक्षमा अखिल क्रान्तिकारीबाट दाहालकाे उम्मेदवारी घोषणा

बुधबार, २१ फागुन २०८१, १७ : ५५
बुधबार, २१ फागुन २०८१

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनका लागि अखिल क्रान्तिकारीबाट प्रवीण दाहाल उम्मेदवार बनेका छन् । अर्थशास्त्र विषयमा स्नातकोत्तर पहिलो सेमेस्टरमा अध्ययन गर्दै आएका दाहाललाई अखिल क्रान्तिकारीले स्ववियु अध्यक्षको उम्मेदवार बनाउने निर्णय गरेको हो ।

चैत ५ गते हुन गइरहेको स्ववियु निर्वाचनका लागि अखिल क्रान्तिकारीले दाहाललाई अघि सारेको हो । शैक्षिक आन्दोलन तथा त्रिभुवन विश्वविद्यालयमा देखिएका विद्यमान समस्याको सुधारका लागि लड्दै आएका छन् ।

आफू पढ्दै आएका दाहालले अरूलाई समेत पढाउँदै आएका छन् । अनलाइन प्लेटफर्म युट्युब च्यानलमार्फत उनले अन्य विद्यार्थीहरूलाई पढाउँदै आएका हुन् । सेक्रेट एजुकेसन युट्युब च्यानलमा हाल ८५ हजार बढी सस्क्राईबर छन् ।

उनको नेतृत्वमा भएका आन्दोलनपछि परीक्षा नियन्त्रण कार्यालयले यही चैत्र अन्तिमबाट अनलाइन प्रणालीमा जाने सम्झौता भएको थियो । महिनौँ लगाएर ट्रान्सक्रिप्ट लिनुपर्ने बाध्यता उनकै नेतृत्वमा भएको आन्दोलनका कारण १० दिनभित्रै पाउने व्यवस्था भएको हो ।

त्यस्तै ईयर ग्याप र ओभरल्यापिङका कारण पास भइसकेका विद्यार्थीहरूले ट्रान्सक्रिप्ट नपाउने समस्या थियो । उनकै नेतृत्वको आन्दोलनका कारण ट्रान्सक्रिप्ट उपलब्ध गराइएको थियो । त्यस्तै फिजिक्स प्रमथ सेमिस्टरमा बी माइनस वा कम अङ्क आएमा थेसिस गर्न नपाउने प्रावधान हटाई सबैले थेसिस गर्न पाउने प्रावधान लागू गरिएको थियो ।

१३ जनाको टिम निर्माण गरेर उनले पढ्दै कमाउँदै कार्यक्रम गर्दै आएका छन् । सबल सक्षम विद्यार्थी निर्माणका लागि विभिन्न खाले आन्दोलनमा अग्रणी भूमिका निर्वाह गर्दै आएका दाहाललाई अखिल क्रान्तिकारीले सर्वसम्मत रूपमा स्ववियु अध्यक्षको उम्मेदवार बनाएको हो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप