खेलकुदका पूर्वाधार निर्माणमा सरकारको प्राथमिकतामा छ : मन्त्री महर्जन

हेटौँडा । बागमती प्रदेशका युवा तथा खेलकुद मन्त्री मिनकृष्ण महर्जनले खेलकुदका पूर्वाधार निर्माणलाई सरकारले प्राथमिकतामा राखेको बताएका छन् । आगामी बजेटमा प्रदेशमा खेलकुद क्षेत्रका संरचनाहरूको पूर्वाधार निर्माणमा महत्वका साथ बजेट विनियोजन गरिने उनले बताए ।
हेटौँडा उपमहानगरपालिका–१४ मा कबर्ड हल भवनको शिलान्यास गर्दै मन्त्री महर्जनले प्रदेश देशकै खेलकुद हबको रूपमा रहेको बताए । सोही अनुसार प्रदेशमा खेलकुद क्षेत्रको विकासको लागि आगामी बजेटमा आवश्यकता अनुसार भौतिक पूर्वाधार निर्माणमा जोड दिने उनले बताए ।
मन्त्री महर्जनले प्रदेशका १३ जिल्लामा रहेका पूर्वाधारहरू र सम्पत्तिका विषयमा आफूले अध्ययन गरिरहेको बताए । गौरीटार रङ्गशालाभित्र निर्माण भएका पूर्वाधारहरूको उचित उपयोग हुन नसकेको मन्त्री महर्जनले बताए ।
‘हामीले सबै जिल्लाका पूर्वाधारहरू सम्पत्तिको खोजी गरिरहेका छौँ । ती कस्तो अवस्थामा छन् त्यसको जानकारी समेत लिने काम भइरहेको छ ।’ उनले भने– ‘खेलाडीहरूका लागि छात्रावास र मार्सल आर्टको सुविधा सम्पन्न भवन निर्माणको योजना छ । विगतमा खेल पूर्वाधारहरू मनोमानी ढङ्गले चलेका छन् । यो खेलाडी उत्पादन गर्ने ठाउँ हो । धनी व्यक्तिहरूले भुँडी घटाउने ठाउँ होइन ।’
उनले खेलकुदसँगै युवा स्वरोजगार कार्यक्रमलाई समेत व्यवस्थित रूपमा अघि बढाउने बताए । जिल्ला जिल्लामा रहेका खेलकुदका भौतिक सम्पत्तिलाई खेलाडी र युवाको उपयोगमा ल्याउने गरी योजना अघि सारिएको उनको भनाई छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
च्याम्पियन्स लिग : नकआउट प्लेअफको पहिलो लेगमा बार्सिलोना र लिभरपुललाई सफलता
-
अमेरिकी डलरको मूल्य घट्यो, विदेशी मुद्रा अन्य कसको भाउ कति ?
-
हिंसाबाट दलित महिला बढी पीडित
-
पाल्पाको रामपुरमा सुविधासम्पन्न उद्यान बन्दै
-
युक्रेनविरुद्ध ट्रम्पको अर्को कदम : सैन्य सहायतापछि खुफिया जानकारी दिन रोक
-
डच भाषाशास्त्री जर्ज भानद्वारा लिखित ‘अ ग्रामर अफ लिम्बू’को विमोचन