ओपनएआईलाई नाफामुखी बनाउनबाट रोक्ने मस्कको याचिका खारेज

क्यालिफोर्निया । च्याटजीपीटी बनाउने एआई कम्पनी ओपनएआईलाई नाफामुखी कम्पनीमा परिणत गर्नबाट रोक्न खर्बपति व्यापारी एलन मस्कले अमेरिकी जिल्ला अदालतमा याचिका दायर गरेका थिए । तर एक संघीय न्यायाधीशले मस्कको सो याचिका अस्वीकार गरेकी छिन् । ओपनएआईलाई नाफामुखी बनाउनबाट रोक्न प्रारम्भिक निषेधाज्ञाका लागि चाहिने कुरा जुटाउन मस्क असमर्थ रहेको क्यालिफोनिर्याको ओकल्यान्ड जिल्लाका जिल्ला न्यायाधीश यभोन गोन्जालेज रोजर्सले मंगलबार राति आफ्नो फैसलामा भनेकी थिइन् ।
यो मामिला जनहितसँग जोडिएको र कानुनको विरुद्धमा कुनै परिवर्तन भयो भने यसबाट सम्भावित हानी हुन सक्ने भएकोले यसको मुद्दाको सुनवाइ छिटोभन्दा छिटो हुनु पर्ने चाहिँ उनले बताइन् । यस विषयमा वर्षको अन्त्यमा सुनवाइको तयारी गर्न सक्ने उनले बताइएको छ । मस्क ओपनएआइएको शुरुआती लगानीकर्तामध्ये एक हुन् । उनले गएको वर्ष ओपनएआई र यसका सीईओ साम अल्टम्यान विरुद्ध मुद्दा दायर गरेका थिए ।
ओपनएआईलाई मस्कले गैर–नाफामुखी संस्थाका रूपमा अगाडि लैजाने योजना बनाएका थिए । मस्कले पछि यस मुद्दामा माइक्रोसफ्ट सहित अन्यलाई पनि प्रतिवादी बनाए । मुद्दामा मस्कले आफ्नो एआई स्टार्टअप एक्सएआई वादीको रूपमा जोड्दै ओपनएआईले प्रतिस्पर्धालाई अनुचित रूपमा बाधा पुर्याइरहेको भनेका थिए । अदालतको यस निर्णयको ओपनएआईले स्वागत गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अब राजतन्त्र ब्युँतने सपना नदेखे हुन्छः प्रधानमन्त्री
-
‘पैसा डबल’ गरिदिने भन्दै ठगी गर्नेलाई कारबाहीको माग गर्दै न्यायालय अगाडि प्रदर्शन
-
राष्ट्रिय सभाबाट अध्यादेशहरू धमाधम स्वीकृत
-
अवैध बसेकालाई डिपोर्ट गर्न अमेरिकाले सेनाको विमान प्रयोग किन बन्द गर्यो ?
-
माओवादीलाई कांग्रेसको आग्रह : कुलमानलाई देवत्वकरण गर्ने भए प्रतिपक्षी दलको अध्यक्ष बनाउनुस्
-
वित्तीय शोषणविरुद्ध ९ वटा संगठनद्वारा संघर्षको घोषणा