बिहीबार, २२ फागुन २०८१
ताजा लोकप्रिय
अमेरिकाबाट नेपाली डिपोर्ट

पछिल्लो ६ वर्षमा अमेरिकाबाट २६२ जना नेपाली डिपोर्ट

बुधबार, २१ फागुन २०८१, १७ : २३
बुधबार, २१ फागुन २०८१

काठमाडौँ । अमेरिकाबाट पछिल्लो ६ वर्षमा २ सय ६२ जना नेपाली डिपोर्ट भएका छन् । प्रहरीको मानव बेचबिखन ब्युरोको तथ्याङ्कअनुसार २०७५ भन्दा पछि २६२ जना डिपोर्ट (निष्कासन) भएर नेपाल आएका हुन् ।

अमेरिकाको टेक्सास राज्यबाट डिपोर्ट भएका ९ जना नेपाली बुधवार काठमाडौँ आएका छन् । उनीहरूमध्येका ८ जनालाई अमेरिकन प्रहरीले चार्टड उडानमार्फत त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ल्याएर छाडेका हुन् । एक जना महिला व्यावसायिक उडान मार्फत काठमाडौँ आएकी छन् ।

डिपोर्ट भएकाहरूलाई छाड्न ४ जना अमेरिकन प्रहरी काठमाडौँ आएका थिए । अमेरिकन प्रशासनले उनीहरूलाई हातमा हत्कडी र खुट्टामा चेन लगाएर ल्याएको त्रिभुवन विमानस्थल अध्यागमन कार्यालयका अधिकृतहरू बताउँछन् ।

नेपालबाट अमेरिका पठाउने ५० जना बिचौलिया सक्रिय रहेको भेटिएको छ । प्रहरीको मानव बेचबिखन ब्युरोले बिचौलियाहरूको सूची बनाएर अनुसन्धान गरिरहेको छ ।

काठमाडौँबाट अवैध तरिकाले मेक्सिको हुँदै अमेरिका पठाउन कम्तीमा ५० जना सक्रिय रहेको मानव बेचबिखन ब्युरोका एक जना अधिकृतले रातोपाटीलाई बताए । ती अधिकृत भन्छन्– ‘उनीहरूबारे अनुसन्धान गरिरहेका छौँ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप