बिहीबार, २२ फागुन २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

आर्थिक तथा व्यावसायिक वातावरण सुधार र लगानी अभिवृद्धिसम्बन्धी अध्यादेश स्वीकृत

बुधबार, २१ फागुन २०८१, १७ : १७
बुधबार, २१ फागुन २०८१

काठमाडौँ । प्रतिनिधिसभाबाट आर्थिक तथा व्यावसायिक वातावरण सुधार र लगानी अभिवृद्धिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश स्वीकृत भएको छ । 

बुधवारको बैठकमा भएको छलफलपछि उक्त अध्यादेशको पक्षमा बहुमत सांसदले स्वीकृत प्रदान गरेका हुन् । 

यद्यपि विपक्षी सांसदहरूले अध्यादेशको विपक्षमा मतदान गरेका थिए  । अर्थमन्त्री पौडेलले बैठकमा आर्थिक तथा व्यावसायिक वातावरण सुधार लगानी अभिवृद्धिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१ लाई स्वीकृत गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गरेका थिए । 

त्यसअघि सांसद रणेन्द्र बरालीले आर्थिक तथा व्यावसायिक वातावरण सुधार र लगानी अभिवृद्धिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१ लाई अस्वीकार गरियोस् भन्ने सूचना पेस गरेका थिए । 

बराइलीको सूचना बहुमतले अस्वीकृत गरेको थियो । योसहित चारवटा अध्यादेश स्वीकृत भएका छन् । अर्को एक अध्यादेशमाथि छलफल भइरहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप