अमेरिका पठाउने ५० जना बिचौलियाको सूची प्रहरीसँग

काठमाडौँ । नेपालबाट अमेरिका पठाउने ५० जना बिचौलिया सक्रिय रहेको भेटिएको छ । प्रहरीको मानव बेचबिखन ब्युरोले बिचौलियाहरूको सूची बनाएर अनुसन्धान गरिरहेको छ ।
काठमाडौँबाट अवैध तरिकाले मेक्सिको हुँदै अमेरिका पठाउन कम्तीमा ५० जना सक्रिय रहेको मानव बेचबिखन ब्युरोका एक जना अधिकृतले रातोपाटीलाई बताए । ती अधिकृत भन्छन्, ‘उनीहरूबारे अनुसन्धान गरिरहेका छौँ ।’
अमेरिकाको टेक्सास राज्यबाट डिपोर्ट भएका ९ जना नेपाली बुधवार काठमाडौँ आएका छन् । उनीहरूमध्येका ८ जनालाई अमेरिकन प्रहरीले चार्टर उडानमार्फत त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ल्याएर छाडेका हुन् ।
एक जना महिला व्यावसायिक उडानमार्फत काठमाडौँ आएकी छन् । उनीहरूलाई छाड्न ४ जना अमेरिकन प्रहरी काठमाडौँ आएका थिए । अमेरिकन प्रशासनले उनीहरूलाई हातमा हत्कडी र खुट्टामा चेन लगाएर ल्याएको त्रिभुवन विमानस्थल अध्यागमन कार्यालयका अधिकृतहरू बताउँछन् ।
काठमाडौँबाट दुबई हुँदै युरोप पुगेका उनीहरू ब्राजिल पुगेर मेक्सिको पुगेका थिए । उनीहरू मेक्सिकोबाट सिमानाका पार गरेर अमेरिका पुग्दासम्म ५० लाखदेखि १ करोडसम्म खर्च गरेको भेटिएको छ । बिचौलियाले उनीहरूबाट लाखौँ असुलेको ब्युरोको अनुसन्धान निष्कर्ष छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यस्तो छ आज सागसब्जी र फलफूलको मूल्य
-
औद्योगिक ग्राम सञ्चालन कार्यविधि : ३० वर्ष मुनिका युवा उद्यमी र घरेलु उद्योगलाई प्राथमिकता
-
‘माया के हो ?’मा आकाश र उगेनकाे रोमान्स
-
'नयाँ सहमतिको लागि आन्दोलन गरेका होइनौँ, पुरानै सहमति सम्बोधन होस्, वार्ताको औचित्य छैन'
-
चिनियाँ नागरिक रुसको तर्फबाट लडिरहेको जेलेन्स्कीको दाबी, पक्राउ परेका दुई सैनिकको भिडियो जारी
-
प्रदूषण केही कम भए पनि काठमाडौँ शीर्ष स्थानमा कायमै