राप्रपा परित्याग गरेकी अञ्जना शाह कमल थापाको पार्टीमा प्रवेश
बुधबार, २१ फागुन २०८१, १७ : ०४

काठमाडौँ । राप्रपा परित्याग गरेकी अञ्जना शाह कमल थापा नेतृत्वको राप्रपा नेपालमा प्रवेश गरेकी छन् । उनले केही समयअघि राप्रपाको महिला संगठनको अध्यक्ष पदबाट राजीनामा दिएकी थिइन् ।
बुधबार राप्रपा नेपालका अध्यक्ष कमल थापाले पार्टी कार्यालय सिफलमा आयोजित कार्यक्रममा रावललाई स्वागत गरे । थापाले सबै राजावादी , हिन्दुवादी र सङ्घीयता विरोधी एक ठाउँमा आएर भ्रष्ट व्यवस्था र शासकको विकल्प खोज्न सडकमा आउनु पर्नेमा जोड दिए । दलहरूकै असक्षमता र असफलताको कारण अब सङ्घीय, धर्मनिरपेक्ष , गणतन्त्रको आयु सकिएको र धराशायी भएको उनको टिप्पणी थियो । यस्तै शाहले राजसंस्था र हिन्दु राष्ट्रको एजेन्डाको सूत्रधार कमल थापा भएकाले उनलाई नै साथ दिन आफू पार्टीमा आएको बताइन् ।
रावललाई सहमहामन्त्रीको जिम्मेवारी दिइएको पार्टी केन्द्रीय सचिवालयले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
खैरो हेरोइन सहित सिरहाबाट ३ जना पक्राउ
-
नेपाल र भारतका सर्वोच्च अदालतबिच न्यायिक सहकार्यको सम्झौता
-
तीनकुने घटना : दुर्गा प्रसाईंका दाई राकेश प्रहरीको नियन्त्रणमा
-
शिक्षकहरूको आन्दोलनमा गाउँपालिका महासंघ र नगरपालिका संघले जनायो ऐक्यबद्धता
-
पाटन क्याम्पसमा तत्काल स्ववियु निर्वाचन गर्न अदालतकाे आदेश
-
उपाध्यक्षलाई नदिएर वडाध्यक्षलाई कार्यवाहकको जिम्मेवारी