पत्रकारहरूको प्रेस पास निलम्बनको विरोध

काठमाडौँ । संघीय संसद सचिवालयले पत्रकारद्वय किशोर श्रेष्ठ र प्रकाश ओलीको प्रेस पास एक महिनाका लागि निलम्बन गरेकोप्रति अनलाइन टिभी पत्रकार संघले विरोध गरेको छ ।
संसद सचिवालय जस्तो निकायबाट यस्तो अलोकतान्त्रिक र गलत कार्य हुनु थप चिन्ताको विषय भएको सङ्घले बुधबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
संघका महासचिव पवन फुयालद्वारा जारी विज्ञप्तिमा संसद सचिवालयको यो कदम प्रेस स्वतन्त्रता र लोकतान्त्रिक मूल्य मान्यता विपरीत रहेको उल्लेख गरिएको छ।
“प्रश्न सोध्न पाउनु लोकतन्त्रको आधारभूत अधिकार हो। प्रश्नहरू कठोर, तीतो वा असह्य हुनसक्छन । प्रश्नहरूलाई निषेध गर्ने प्रवृत्ति तानाशाहीको संकेत हो,” विज्ञप्तिमा भनिएको छ।
संघले संसद सचिवालयको निर्णयलाई तत्काल फिर्ता लिन जोडदार माग गर्दै अन्यथा कडा आन्दोलन गर्ने चेतावनी समेत दिएको छ।
संघका अध्यक्ष जीवन भण्डारीले सरकारको प्रभावमा परेर संसद सचिवालयले गरेको निर्णयले नै सरकार तानाशाही हुँदै गरेको र हिटलर पथमा लागेको टिप्पणी गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चौथो नेपाल ग्रामीण चलचित्र महोत्सव गोसाईकुण्डमा हुने
-
भन्सार छलीका सामान बरामद गर्न धनुषामा प्रहरीले चलायो गोली
-
अमेरिकी धम्की अर्थहीनः इरानी सर्वोच्च नेता खामेनी
-
खाद्य पदार्थमा फ्याट परीक्षण हुने, पालना नगरे कारबाही गर्ने विभागको चेतावनी
-
हिमनदी क्षेत्रको ‘तेस्रो ध्रुव’मा जलवायु परिवर्तनको असर
-
पृथ्वी राजमार्गको अवरोध हट्यो