प्रधानमन्त्री कपको छनोट प्रतियोगितामा झापा र सुनसरीको जित

काठमाडौँ । कोशी प्रादेश क्रिकेट संघद्वारा आयोजित प्रधानमन्त्री कप छनोट प्रतियोगिताको मंगलबार सम्पन्न खेलमा झापा र सुनसरी विजयी भएका छन् । विराटनगरस्थित वैजनाथपुर क्रिकेट मैदानमा भएको खेलमा झापाले इलामलाई ६ विकेटले हरायो ।
जितपछि झामा तीन खेलबाट चार अंक बटुल्दै तालिकाको तेस्रो स्थानमा छ । इलाम भने चार खेलबाट दुई अंक जोड्दै चौथो स्थानमा छ । टस जितेर ब्याटिङ गरेको इलामले निर्धारित ५० मध्ये ३७.२ ओभरमै अलआउट हुनुअघि एक सय १४ रन बनाएको थियो ।
इलामका लागि लव कामतले २७ र र गौतम राईले २४ रन बनाए । झापाका प्लेयर अफ दि म्याच घोषित बलर विपिनकुमार महतोले तीन विकेट लिए । ज्ञानबहादुर श्रेष्ठले पनि तीन विकेट हात पारे ।
जवाफी ब्याटिङ गरेको झापालले ३८ ओभरमा चार विकेट गुमाएर विजयलक्ष्य पुरा ग¥यो । झापाका समिर कार्कीले अविजित ३२ रन बनाए । अमन गोयलले २८ रन जोडे । इलामका बलर गौरभ भट्टराई, हेमल राई, श्याम यादव र लव कामतले एक–एक विकेट लिए ।
अर्को खेलमा सुनसरीले घरेलु टाली मोरङलाई ४६ रनले पराजित गर्यो । जितपछि सुनसरी तीन खेलबाट ६ अंक बटुल्दै तालिकको शीर्ष स्थानमा उक्लिएको छ । मोरङ भने तीन खेलबाट चार अंक जोड्दै दोस्रो स्थानमा झरेको छ ।
पहिले ब्याटिङ गरेको सुनसरीले निर्धारित ५० ओभरमा आठ विकेट गुमाई एक सय ५४ रन बनाएको थियो । सुनसरीका लागि सुमन घतानीले ४७ रन बनाए । गौरव कटवालले पनि ४० रनको योगदान गरे । मोरङका बलर प्रेम कामत र श्रवण किस्कुले दुई–दुई विकेट लिए ।
जवाफी ब्याटिङ गरेको मोरङले भने ४१ ओभरमा अलआउट हुनुअघि एक सय आठ रनमात्र बनाउन सक्यो । मोरङका लागि सकिव हकले सर्वाधिक २८ रन बनाए । सुनसरीका प्लेयर अफ दि म्याच घोषित बलर गौरभ कटवालले तीन विकेट लिए ।
प्रकाश कार्कीले पनि तीन विकेट हात पारे । लिगको आधारमा खेलाइएको छनोट प्रतियोगितामा कोशी प्रदेशका मोरङ, झापा, सुनसरी, इलाम र उदयपुरका टोलीको सहभागिता रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गायक नवीन के भट्टराई ब्यान्डसहित लन्डनमा
-
नागरिक उन्मुक्ति पार्टीले बोलायो केन्द्रीय समिति बैठक
-
हिउँ चितुवा संरक्षणका लागि अन्तरदेशीय सहकार्य आवश्यक : मन्त्री शाही
-
पहलगाम घटना : भैरहवामा शोकसभा र दीप प्रज्वलन
-
अमेरिकामा न्यायाधीश पक्राउ
-
नेपाल शिक्षक महासङ्घ वार्तामा बस्ने नै भएपछि पारदर्शी ढङ्गले जानु राम्रो हुन्छ : शंकर पोखरेल