बिहीबार, २२ फागुन २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

यी हुन् अमेरिकी कंग्रेसको संयुक्त अधिवेशनमा ट्रम्पको भाषणका १० महत्त्वपूर्ण बुँदा

बुधबार, २१ फागुन २०८१, १६ : १९
बुधबार, २१ फागुन २०८१

वासिङ्टन डिसी । बुधबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले त्यहाँको संसद (कांग्रेस)को दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गरेका छन्  । उनको सो सम्बोधन लगभग दुई घण्टा चलेको थियो । दोस्रो पटक अमेरिकी राष्ट्रपति बनेपछि ट्रम्पले कंग्रेसलाई सम्बोधन गरेको यो पहिलो पटक हो । 

उनको भाषणका मुख्य बुँदाहरू यस प्रकार छन्:

१. ट्रम्पले अमेरिकी आप्रवासन नीति, कर, युक्रेन र कानुन व्यवस्था लगायत आफ्ना मन पर्ने कयौँ विषयहरूमा बोलेका थिए । 

२. युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीबाट अमेरिकासँग खनिज सम्झौताको लागि तयार रहेको संकेत गर्ने पत्र प्राप्त गरेको बताए । गत हप्ता, ओभल अफिसमा दुई नेताहरू बिच चर्काचर्की पनि अमेरिकाले युक्रेनलाई दिँदै आएको सैन्य सहायता रोकेको थियो । 

३. आफ्नो प्रशासनले क्यानडा, मेक्सिको, चीन र अन्य देशहरूबाट आउने सामानहरूमा शुल्क लगाएकोले अमेरिकी अर्थतन्त्र केही कठिनाइहरूबाट गुज्रनेछ पनि उनले बताए । तर यसलाई उनले सङ्क्रमणकालीन अवधि मात्रै भनेका छन् । 

४. सम्बोधनमा ट्रम्पले ग्रिनल्याण्ड जसरी पनि अमेरिकामा सामेल हुने कुरा दोहोर्‍याए । उनको प्रशासनले यो कुनै न कुनै रूपमा सम्भव बनाउन कडा परिश्रम गरिरहेको उनको भनाइ थियो । 

५. ट्रम्पको भाषणको क्रममा उपराष्ट्रपति र सभामुख सहित सबै रिपब्लिकन सदस्यहरू उभिएर ताली बजाइरहेका थिए । प्रत्येक घोषणा पछि यिनीहरूले नारा लगाइरहेका थिए । तर डेमोक्रेटिक सांसदहरूले चाहिँ प्लेकार्डहरू लिएर विरोध गरिरहेका थिए । ट्रम्पले भाषण सुरु गर्ने बित्तिकै विरोधमा उभिएर आफ्नो सिटमा बस्न अस्वीकार गर्ने डेमोक्र्याटिक सांसद अल ग्रिनलाई रिपब्लिकन सभामुखले सदनबाट बाहिर निकाले । 

६. ट्रम्पको भाषण सकिनुअघि नै केही डेमोक्रेटिक सांसदहरू सदनबाट बाहिरिए । विशेष गरी ट्रम्पले युक्रेनको मुद्दा उठाएपछि यस्तो भएको थियो । 

७. ट्रम्पले अप्रिल २ देखि भारत लगायत अन्य देशहरूमा पारस्परिक भन्सार लगाउने घोषणा गरेका छन् । उनले मेक्सिको र क्यानडाबाट आउने सामानमा २५ प्रतिशत कर लगाउने घोषणा पनि गरे । 

८. राष्ट्रपतिको चुनावी अभियानको क्रममा पेन्सिलभेनियाको बटलरमा भएको एक र्‍यालीमा आफूमाथि भएको आक्रमणको पनि ट्रम्पले भाषणमा उल्लेख गरेका थिए ।

९. अमेरिकामा अण्डाको बढ्दो मूल्यको उल्लेख गर्दै मुद्रास्फीति नियन्त्रण गर्ने प्रयास गरिने पनि ट्रम्पले  बताए ।

१०. सदनको अधिवेशन चलिरहँदा ट्रम्पकी श्रीमती र छोरीहरू अनि उनका नजिकका सहयोगी खर्बपति व्यापारी एलन मस्क पनि आगन्तुकहरू बस्ने  ग्यालरीमा उपस्थित थिए । यस क्रममा मंगल ग्रहमा अमेरिकी झन्डा फहराउने ट्रम्पको कुराको एलोन मस्कले प्रशंसा गरेका थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप