बिहीबार, २२ फागुन २०८१
ताजा लोकप्रिय
राजनीति

जसपा नेपालले राजमार्ग केन्द्रित अभियान चलाउने, पदाधिकारी संख्या थप

बुधबार, २१ फागुन २०८१, २३ : १६
बुधबार, २१ फागुन २०८१

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालले ‘जनजागरण अभियान’ सञ्चालन गर्ने भएको छ । 

माओवादी केन्द्रले जनतासँग माओवादीः तराई मधेश जागरण अभियान सञ्चालन गरिरहेको छ । यस्तोमा जसपा नेपालले पनि देशका प्रमुख तीन वटा राजमार्ग केन्द्रित अभियान सञ्चालन गर्न लागेको हो । 

‘जनतासँग जसपा नेपालः आधारभूत संगठन निर्माण अभियान’ लाई वैशाखसम्म सञ्चालन गर्ने पार्टीले निर्णय गरेको छ । वैशाखमा उक्त अभियान सकिएपछि हुलाकी राजमार्ग, मध्यपहाडी राजमार्ग र हिमाली राजमार्ग केन्द्रित अभियान चलाउने निर्णय भएको जसपा नेपालका प्रवक्ता मनीष सुमनले बताए । 

अभियानको समय तालिका भने तय गर्न बाँकी रहेको उनले बताए । जनतासँग जसपा नेपालः आधारभूत संगठन निर्माण अभियान सकिएलगत्तै जनजागरण अभियानको तयारीमा लाग्ने उनले बताए । 

यसअघि नेकपा एमालेले पूर्व–पश्चिम राजमार्ग र मध्य पहाडी राजमार्गमा अभियान सम्पन्न गरिसकेको छ । नेपाल समाजवादी पार्टी (नयाँ शक्ति)का अध्यक्ष डा.बाबुराम भट्टराईले पनि मध्यपहाडी राजमार्ग केन्द्रित अभियान सम्पन्न गरिसकेका छन् । 

तीन दिनसम्म चलेको केन्द्रीय समितिको बैठकबाट पदाधिकारी तथा कार्यकारिणी समिति विस्तार गर्ने पनि जसपा नेपालले निर्णय गरेको छ । बैठकले १४ जना कार्यकारिणी सदस्य, दुई उपाध्यक्ष र एक महासचिव थप्ने निर्णय गरेको हो । 

पार्टी अहिले ३१ सदस्यीय कार्यकारिणी समितिको छ । त्यसमा ११ जना र थप गरिएका तीन जना पदाधिकारीसहित १४ थप गरेर ४५ सदस्यीय कार्यकारिणी समिति बनाउने जसपाले निर्णय गरेको हो । 

यो निर्णय जसपा नेपालको विधान २०८० को धारा १३९ बाधा अड्काउ फुकाऊ’ प्रयोग गरेर ल्याइएको प्रवक्ता सुमनले बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप