केपी ओली कपमा कुटाइ, पत्रकारको पास रद्द : प्रधानमन्त्रीज्यू, तपाईँ हिट्लर बन्दै हो ?

काठमाडौँ । प्रधानमन्त्रीलाई प्रश्न सोध्ने दुई जना पत्रकारको संसदीय पास रद्द गरेको विषय र केपी ओली कपमा दर्शनमाथि भएको हातपातको विषयमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदहरूले सरकार र संसद् सचिवालयको आलोचना गरेका छन् ।
रास्वपा सांसद शिशिर खनालले संसद् निरन्तर सत्ताको छाया बन्दै गएको आरोप लगाए । त्यस्तै प्रधानमन्त्रीलाई प्रश्न गर्ने पत्रकारको पास रद्द गर्नु र केपी ओली कपका दौरान प्रधानमन्त्रीको विरोध गर्दा मान्छे कुटिनुले प्रधानमन्त्री कतै हिट्लर बन्दै गएको त भन्दै प्रश्न तेर्स्याए ।
खनालले भने, ‘के तपाईँ हिट्लर हो भनेर सोधेको आधारमा दुई जना पत्रकारको पास संघीय संसद्ले संघीय संसद्ले निलम्बन गरेछ। केही दिन अगाडि यही संसद्मा सत्तापक्ष माननीय ज्यूले निर्वाचन जितेर आएको मान्छे पनि हिट्लर हुन सक्छ र भनेर सोध्नुभएको थियो । संसद् सचिवालयले सचेत गराउनुभएको थियो आज निलम्बनको खबर आयो। संसद् निरन्तर सत्ताको छाया बन्दै गएको छ।’
‘सन् १९३० को जर्मनीको इतिहास पढ्नुहोला हिट्लर बन्दुकको नालबाट आएका थिएनन्, चुनावैबाट आएका थिए। जतिबेला उनी सरकारमा गए त्यतिबेला उनले लोकतान्त्रिक अधिकारहरू कटौती गरेर निरंकुश बने। अहिलेको सरकार पनि त्यही गर्दैछ खुला मञ्चमा फुटबल म्याचमा प्रधानमन्त्री को विरोध गर्दा कि मान्छे कुटिन्छ कि जेल हालिन्छ अब मेरो पनि प्रश्न के प्रधानमन्त्रीज्यू तपाईँ हिट्लर बन्दै हो ?’ उनको प्रश्न थियो ।
त्यस्तै अर्का सांसद शिव नेपालीले पनि लोकतन्त्रको आधारभूत सिद्धान्त वाक स्वतन्त्रता भए पनि यो लोकतान्त्रिक सरकारको प्रधानमन्त्रीलाई लोकतन्त्र मन नपर्ने आरोप लगाए ।
उनले भने, ‘प्रधानमन्त्रीज्यूलाई प्रश्न गर्दा संसदीय मामिलाको रिपोर्टिङ गर्ने दुई युवा पत्रकारको अनुमति पत्र खारेज गरिन्छ । किनकि उहाँलाई प्रश्न मन पर्दैन ।
केपी ओली कपमा हुटिङ गर्दा कार्यकर्ताले दर्शकलाई पिट्छन्, खेद्छन् । यदि केही गलत थियो भने कानुन छ, प्रहरी छ । के कार्यकर्ताले पिट्ने नै उपाय हो ?
कसैले टेलिभिजनमा प्रतिपक्षलाई अराजक भन्छ, कसैले जिब्रो थुत्ने कुरा गर्छ, अनि कसैले पेड मिडिया भन्छ । किनकि यो सरकारलाई स्वतन्त्र नागरिक र निष्पक्ष पत्रकारिता मन पर्दैन ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कुलमानका विषयमा ऊर्जामन्त्रीले सदनमा झुट बोले : लिङ्देन
-
अब राजतन्त्र ब्युँतने सपना नदेखे हुन्छः प्रधानमन्त्री
-
‘पैसा डबल’ गरिदिने भन्दै ठगी गर्नेलाई कारबाहीको माग गर्दै न्यायालय अगाडि प्रदर्शन
-
राष्ट्रिय सभाबाट अध्यादेशहरू धमाधम स्वीकृत
-
अवैध बसेकालाई डिपोर्ट गर्न अमेरिकाले सेनाको विमान प्रयोग किन बन्द गर्यो ?
-
माओवादीलाई कांग्रेसको आग्रह : कुलमानलाई देवत्वकरण गर्ने भए प्रतिपक्षी दलको अध्यक्ष बनाउनुस्