अर्घाखाँचीमा जिप दुर्घटना, चालकको मृत्यु
बुधबार, २१ फागुन २०८१, १५ : ०८

बुटवल । अर्घाखाँचीको मालारानीमा बुधवार जिप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।
मालारानी गाउँपालिका वडा नम्बर २ कुभिन्डेमा भएको उक्त दुर्घटनामा चालक कृष्ण लाल मरासिनीको उपचारको क्रममा जिल्ला अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ ।
बुटवलबाट मालारानी गाउँपालिका २ ढाणचौर आउँदै गरेको लु१ ज ४२२६ नम्बरको जिप दुर्घटना भएको हो । चालक मात्रै भएको जिप सडक देखि ४सय मिटर तल खसेको थियो । दुर्घटनाको बारेमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
च्याम्पियन्स लिग : नकआउट प्लेअफको पहिलो लेगमा बार्सिलोना र लिभरपुललाई सफलता
-
अमेरिकी डलरको मूल्य घट्यो, विदेशी मुद्रा अन्य कसको भाउ कति ?
-
हिंसाबाट दलित महिला बढी पीडित
-
पाल्पाको रामपुरमा सुविधासम्पन्न उद्यान बन्दै
-
युक्रेनविरुद्ध ट्रम्पको अर्को कदम : सैन्य सहायतापछि खुफिया जानकारी दिन रोक
-
डच भाषाशास्त्री जर्ज भानद्वारा लिखित ‘अ ग्रामर अफ लिम्बू’को विमोचन