बिहीबार, २२ फागुन २०८१
ताजा लोकप्रिय

तमन्ना र विजयको भएको हो ‘ब्रेक अप’ ?

बुधबार, २१ फागुन २०८१, १४ : ५२
बुधबार, २१ फागुन २०८१

नयाँदिल्ली । भारतीय अभिनेत्री तमन्ना भाटिया र अभिनेता विजय वर्माको जोडीलाई फ्यानहरूले निकै माया गर्दै आएका थिए । उनीहरूको बन्डिङ र सम्बन्ध देखेर धेरैले डाढ पनि गर्थे ।

दुवैले छिट्टै बिहे गर्न लागेको अफवाह हालैका महिनामा चर्किएको पनि थियो । तर यसैबिच जोडीबारे नरमाइलो खबर आएको छ । पिंकभिलाको रिपोर्ट अनुसार दुवैले आफ्नो प्रेम सम्बन्ध अन्त्य गर्ने निर्णय गरेका छन् । 

दुवैले पारस्परिक सम्मान र सौहार्दपूर्ण सम्बन्धलाई निरन्तरता दिने भएपछि उनीहरूको सम्बन्ध अब ‘रोमान्टिक’ भने रहने छैन । ‘तमन्ना भाटिया र विजय बर्माले केही हप्ताअघि आफ्नो सम्बन्ध अन्त्य गरेका छन् ।

जोडी नजिक रहेको स्रोतलाई उद्धृत गर्दै पिंकभिलाले भनेको छ । तर दुवै एक अर्काको असल मित्र रहने अनि दुवैले आ–आफ्नो पेसागत प्रतिबद्धतामा बढी ध्यान दिने  पनि स्रोतले बताएको छ । 

दुईको ब्रेक अप किन भयो भन्ने कारण खुल्न सकेको छैन । ब्रेक अपबारे तमन्ना र विजय दुवैले केही पनि भनेका छन् ।

दुवैले इन्ष्टाग्रामबाट एक अर्काको फोटो डिलिट गरेपछि ब्रेक अपको हल्ला चर्किएको थियो । अन्य सामाजिक सञ्जालमा भने दुवैले एक अर्कासँगको फोटो मेटेका छैनन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप