बिहीबार, २२ फागुन २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

रिंकु सदा घटनाका मुख्य आरोपी पक्राउ

बुधबार, २१ फागुन २०८१, १४ : ३७
बुधबार, २१ फागुन २०८१

सिरहा । सिरहाको नवराजपुर गाउँपालिका भगवानपुरकी रिंकु सदाको बलात्कार र ज्यान गएको घटनाका मुख्य आरोपी पक्राउ परेका छन् । सिरहा प्रहरीले २१ दिन पछाडि मुख्य आरोपी रुपेश मण्डललाई पक्राउ गरेको हो । 

बुधबार सिरहाबाट मुख्य आरोपी मण्डललाई पक्राउ गरिएको सिरहा प्रहरी प्रवक्ता वीरेन्द्रकुमार पासवानले बताए । गएको ३० माघमा रिंकु मृत भेटिएकी थिइन् । पासवानका अनुसार रिंकु मृत भेटिएपछि मण्डल फरार भएका थिए । 

मृत्युअघि उनी शौच गर्न जाँदा चारजना युवकले सामूहिक बलात्कार गरेको उनले बताएकी थिइन् । त्यसपछि उक्त बलात्कारको घटनालाई गाउँमा पञ्चायत बसेर मिलापत्र गराइएको थियो । रिंकु मृत भेटिएपछि उनको परिवारले मण्डलसहितका विरुद्ध प्रहरीमा जाहेरी दिएका थिए । 

सप्तरी प्रहरीका अनुसार लुकिछिपी बस्दै आएको सूचनाको आधारमा सिरहा नगरपालिका वडा नम्बर–१७ बाट मण्डलाई पक्राउ गरिएको हो । यसअघि भने यो घटनामा पञ्चायतीमा सहभागी भएका तीन जनालाई प्रहरीले पक्राउ गरिसकेको छ । 

पक्राउ परेका सबैलाई प्रहरी हिरासतमा राखी थप अनुसन्धान भइरहेको सिरहा प्रहरीले जानकारी दिएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप