युगान्डामा हुने मैत्रीपूर्ण प्रतियोगिताका लागि नेपाली महिला टोलीको बिदाइ
_JHn0Aq5gQs.jpg)
काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले युगान्डा क्रिकेट संघको आयोजनामा हुने मैत्रीपूर्ण प्रतियोगिताका लागि नेपाली महिला टोलीको बिदाइ गरेको छ । बुधबार आयोजित बिदाइ समारोहमा क्यानका सचिव पारस खड्का, प्रवक्ता छुम्बी लामालगायत उपस्थित थए ।
प्रतियोगिता मार्च ६ देखि १७ तारिखसम्म युगान्डामा सञ्चालन हुनेछ । क्यानले बन्द प्रशिक्षणमा रहेका खेलाडीमध्येबाट अन्तिम १४ सदस्यीय टोलीको घोषणा गरेको छ ।
ईन्दू बर्माको कप्तानीमा घोषित टोलीमा रुविना क्षेत्री बेल्वासे, सम्झना कुमारी खड्का, रचना कुमारी चौधरी रहेका छन् । यसैगरी, टोलीमा ममता कुमारी चौधरी, पूजा महतो, राजमती ऐरी, कविता जोशी, बिन्दु रावल, अलिसा कुमारी यादव (विकेटकिपर), रोमा थापा, ईश्वरी विष्ट, साना प्रविन र रिया शर्माले पनि स्थान पाएका छन् ।
प्रतियोगितामा नेपाल र आयोजक युगान्डाका अतिरिक्त हङ्कङ र नामिबियाको पनि सहभागिता रहेको छ । प्रतियोगिताको पहिलो खेल मार्च ८ तारिखमा युगान्डा र हङ्कङबिच खेलिने छ । सोही दिन दोस्रो खेलमा नेपाल र नामिबियाबिच भिडन्त हुनेछ ।
यसैगरी, मार्च ९ तारिखमा नेपाल र युगान्डा तथा हङ्कङ र नामिबियाबिच खेल हुनेछ । मार्च १० तारिखमा युगान्डा र नामिबिया तथा नेपाल र हङ्कङबिच भिडन्त हुनेछ । मार्च १२ तारिखमा नेपाल र नामिबिया तथा हङ्कङ र युगान्डाबिच खेल हुनेछ ।
यसैगरी, मार्च १३ तारिखमा नामिबिया र हङ्कङ तथा नेपाल युगान्डाबिच भिडन्त हुनेछ । मार्च १४ तारिखमा नेपाल र हङ्कङ तथा नामिबिया र युगान्डाबिच खेल हुनेछ । मार्च १६ तारिखमा पहिले तेस्रो र चौथो स्थानका लागि खेल हुनेछ । प्रतियोगिताको फाइनल खेल पनि सोही दिन खेलिने छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
म्याग्दीको बेनी नगरपालिकामा ‘आमा समूहसँग उपमेयर’ कार्यक्रम
-
आईपीएल : पुछारमै थन्कियो चेन्नई, हैदरावाद उक्लियोआठौं नम्बरमा
-
झापाको मेचीनगर नगरपालिकामा अनुगमन तीब्र, खाद्य उद्योगलाई जरिवाना
-
१२ बजे, १२ समाचार : डाबरद्वारा राज्यको सम्पत्ति दोहनदेखि नागरिक उन्मुक्ति पार्टी र जनमतबीच एकताका लागि बोलाइयो बैठकसम्म
-
गायक नवीन के भट्टराई ब्यान्डसहित लन्डनमा
-
नागरिक उन्मुक्ति पार्टीले बोलायो केन्द्रीय समिति बैठक