गोल्ड कार्ड र अमेरिकी ऋणबारे यसो भन्छन् ट्रम्प

वासिङटन डीसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बुधबार कंग्रेसलाई सम्बोधन गरेका थिए । यसक्रममा उनले धनी विदेशीहरूलाई अमेरिकामा लगानी गर्न प्रेरित गर्ने गोल्ड कार्ड भिजासम्बन्धी आफ्नो पछिल्लो नीतिको प्रशंसा गर्दै यसबाट हुने आम्दानीबाट सरकारी ऋण चुक्ता गर्ने बताएका थिए ।
पछिल्लो २४ वर्षमा कसैले पनि संघीय बजेटलाई सन्तुलनमा नराखेको तर आफूले यसलाई सन्तुलनमा राख्न चाहेको उनले बताए । ‘हामीले गोल्ड कार्डको लागि विस्तृत योजना बनाएका छौँ, जुन चाँडै नै ५० लाख डलरमा बिक्रीमा राखिनेछ’ ट्रम्पले भने ।
‘एकातिर, हामी अपराधी, हत्यारा, तस्कर, बाल यौन दुराचारीहरूलाई बाहिर निकाल्नेछौं र बुद्धिमान, मेहनती, रोजगारी सिर्जना गर्ने मानिसहरूलाई ल्याउनेछौं । उनीहरूले धेरै मुद्रा दिनेछन् र यो पैसाले हामी हाम्रो ऋण घटाउनेछौँ’ ट्रम्पले आप्रवासीहरूलाई आक्रमण गर्दै भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आँखा स्वास्थ्यलाई प्रमुख मुद्दा बनाएर अघि बढेका छौँ : स्वास्थ्यमन्त्री पौडेल
-
सर्वोच्च अदालतमा आज ४०५ वटा मुद्दाको पेसी, कसको इजलासमा कति मुद्दा ?
-
ट्रेड युनियन महासङ्घको अगुवाइमा पचास रोपनीमा अदुवाखेती
-
उपचार सिफारिस गरिएका कागजातमा चिकित्सकको पूर्ण विवरण उपलब्ध गराउन मन्त्रालयको निर्देशन
-
सहिदका सपना पूरा गर्ने अध्यक्ष दाहालको प्रतिबद्धता
-
कोशी प्रदेश लगानी सम्मेलनको तयारी पूरा, ७१ वटा परियोजना तय