सुखानीका सहिदको सम्मानमा हुलाक टिकट प्रकाशन
काठमाडौँ । सरकारले ‘झापा विद्रोह’का पाँच सहिदको सम्मानमा हुलाक टिकट प्रकाशन गरेको छ । तत्कालीन ‘झापा विद्रोह’का पाँच सहिदको स्मृति दिवसका दिन हुलाक सेवा विभागले पाँच सहिदको सम्मानमा प्रकाशन गरेको हुलाक टिकहरुको प्रथम दिवसीय आवरणमा टाँचा प्रदान गरेको हो ।
बुधबार काठमाडौंमा आयोजित कार्यक्रममा प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले हुलाक टिकटमा प्रथम दिवसिय टाँचा लगाएका थिए । सो क्रममा सभामुख घिमिरेले मुलुकको परिवर्तनका लागि योगदान दिएका सहिदको सपना पुरा गर्न सवै गम्भीर हुनुपर्ने धारणा राखे ।
जनताको मुक्तिका लागि जीवन अर्पण गर्ने धेरै सहिदहरुभित्र पाँच जना सहिदहरुको हुलाक टिकट प्रकाशन हुनु निकै महत्वपूर्ण भएको उनले बताए । सभामुख घिमिरेले सहिदहरुको योगदानका कारण मुलुकमा राजनीतिक उद्देश्य सफल भएपनि समाज रुपान्तरणमा भने धेरै चूनौतिहरु देखा परेको धारणा राखे ।
‘झापा विद्रोह’का क्रममा पक्राउ परेर चन्द्रगढी कारागारमा रहेका रामनाथ दाहाल, नेत्र घिमिरे, वीरेन राजवंशी, कृष्ण कुइँकेल र नारायण श्रेष्ठलाई इलाम जेल सार्ने निहुँमा विसं २०२९ फागुन २१ गते झापा र इलामको सीमानास्थित सुखानीको जंगलमा तत्कालीन पञ्चायती शासकहरुले गोली हानी हत्या गरेका थिए ।
सरकारले सुखानीमा जीवनको आहुती दिएका झापा विद्रोहका पाँच योद्धालाई विसं २०७२ फागुन १९ गते राष्ट्रिय सहिदको रुपमा घोषणा गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेस भन्छ– प्रचण्डले भनेजस्तो सरकार ढल्दैन
-
माओवादी विराटनगर सम्मेलनमा प्रचण्ड आउने
-
काठमाडौँ उपत्यकासहित देशभरका सामुदायिक विद्यालय बन्द
-
दाङमा चलचित्र निर्माण कार्याशाला हुने
-
छैटौँपटक शल्यक्रिया गराएपछि अस्पतालको शय्याबाट एक घाइते क्रिकेटरको बिलौना
-
चट्याङसहितको वर्षा पूर्वतिर सर्दै, सतर्क रहन आग्रह