अमेरिकाबाट डिपोर्ट भएकाहरुले नेपाल प्रहरीलाई दिए यस्तो बयान
बुधबार, २१ फागुन २०८१, १३ : ०१

काठमाडौँ । नेपाल प्रहरीले अमेरिकाको निष्कासनमा परेर नेपाल फर्काइएका नेपालीहरूसँग सोधपुछ गरेको छ । नेपाल फर्काइएपछि प्रहरीको मानव बेचबिखन अनुसन्धान व्युरो पुराइएका उनीहरूलाई सोधपुछ गरिएको हो ।
अमेरिका गएको प्रक्रियाका विषयमा उनीहरूसँग बुझ्ने काम भएको व्युरोका प्रवक्ता प्रहरी उपरीक्षक नरेन्द्र कुँवरले जानकारी दिए । प्रारम्भिक सोधपुछका क्रममा केहि नेपालीहरू ब्राजिल हुँदै अमेरिका पुगेको र सो क्रममा अध्यागमन कानुन उलङ्घन गरेर फर्काइएको पाइएको उनले बताए ।
त्यस्तै उनीहरुले बयानको क्रममा अमेरिका पठाउनेमाथि मुद्दा दर्ता गर्न इच्छा नदेखाएको प्रवक्ता कुँवरले जानकारी दिए ।
बुधबार अमेरिकाबाट चार्टर विमानमार्फत ८ जना र कतार हुँदै १ जनालाई नेपाल फर्काइएको हो । सोधपुछ सकिएपछि उनीहरूलाई परिवारको जिम्मा लगाइने प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सोसल मिडिया अराजकतावादीको कब्जामा छ : एमाले महासचिव
-
राप्रपाको आन्दोलन, झण्डाको व्यापार, तस्बिरहरू
-
नेपाललाई ‘ग्रे लिष्ट’ बाट बाहिर निकाल्न गृहकार्य
-
आन्दोलनरत शिक्षकहरूलाई वार्ताका लागि सरकारले फेरि बोलायो
-
राष्ट्रिय जनमोर्चाको राजधानी केन्द्रित आन्दोलन, तस्बिरहरू
-
अन्नपूर्ण आरोहण सुरु, एकै दिन ३२ आरोही चुचुरोमा